अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१३ | Colorodo: 07:28

पत्रकार श्रेष्ठको बेइजिङमा एकल फोटो प्रदर्शनी

बिआरटीनेपाल २०७५ वैशाख २८ गते ७:५८ मा प्रकाशित

बेइजिङ, राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनी गर्नुभएको छ ।

बेइजिङको नानछेन रोड, नान फासिनचन, शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा मिडिया र प्रेससम्बन्धी चीन सरकारको तालीम र प्रशिक्षण केन्द्रमा उक्त प्रदर्शनी गरिएको हो ।

‘डिजिटल डिस्प्ले’ मार्फत गरिएको उक्त प्रदर्शनीमा फोटो पत्रकार श्रेष्ठका तीन दर्जन भन्दा बढी फोटो प्रदर्शनीमा राखिएको छ । चीन सरकारको निमन्त्रणामा चीन पुगेका नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ सञ्चारकर्मीको प्रशिक्षण टोलीमा उहाँ पनि सहभागी हुनुहुन्छ ।

फोटो प्रदर्शनी लोकप्रिय रहेको र प्रदर्शनीका माध्यमबाट चिनियाँ जनतालाई नेपालको कला, संस्कृति, जीवनशैली, पर्यटकीय क्षेत्र तथा नेपाल चीन सम्बन्धका बारेमा थप कुरा जान्न सहयोगी हुने नेपाल पत्रकार महासङ्घका पूर्वसभापति धर्मेन्द्र झाले बताउनुभयो ।

फोटो प्रदर्शनी आगामी जेठ ६ गतेसम्म हुने फोटो पत्रकार श्रेष्ठले जानकारी गराउनुभयो ।

फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू