अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४७ | Colorodo: 09:02

ट्रम्प र किमबिच सिङ्गापुरमा भेट हुने

बिआरटीनेपाल २०७५ वैशाख २७ गते ११:३१ मा प्रकाशित

वासिङ्टन, अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनको भेट सिंगापुरमा हुने तय भएको छ । ट्रम्पले बिहीबार ट्वीटमार्फत भेटघाट हुने स्थान सार्वजनिक गरेका हुन् । साथै, उनले भेट आगामी १२ जुनमा हुने पनि उल्लेख गरेका छन् ।

‘किम जोङ उन र मेरो व्यग्र प्रतिक्षित भेट सिंगापुरमा १२ जुनमा हुनेछ,’ ट्वीटमा ट्रम्पले उल्लेख गरेका छन्, ‘उक्त भेट विश्व शान्तिमा लागि विशेष बनाउन हामी दुवै जनाले प्रयास गर्नेछौँ ।’ भेटघाटको स्थान तय भइसके पनि मितिमा भने दुवै पक्षको सहमति भइसकेको छैन ।

उनले गत मार्चमा भेटघाटका लागि गरेको निमन्त्रणा ट्रम्पले स्वीकार गरेका थिए । विश्वभर चासोका साथ हेरिएको उक्त भेटघाटका लागि दुवै देशका अधिकारीहरूले सोही बेलादेखि गृहकार्य गर्दै आएका छन् ।

भेटघाटका लागि मंगोलिया वा उत्तर कोरियाकै सेनाको उपस्थिति नभएको क्षेत्र चर्चामा थिए । तर, भेटघाट सिंगापुरमा हुने दुवै देशका अधिकारीबिच सहमति भएको छ ।

सिएनएनले ट्रम्प प्रशासन भेटघाटको एजेन्डा र योजना बनाउन लागि परेका छन् । विश्वभर चासोका साथ हेरिएकाले पनि भेटघाटको स्थान चयनमा महत्त्वका साथ गृहकार्य गरिएको हो । किनभने स्थानले पनि कुराकानी कसरी अघि बढ्छ भन्ने तय गर्न भूमिका खेल्छ ।

स्थान चयनलाई गम्भीरतापूर्वक लिनुको कारण निस्पक्ष देखिनु हो । त्यही भएर भेटघाटका लागि ज्यादै वामपन्थी देखिने चाइना वा रसिया रोजिएन । त्यसबाहेक उन निजी विमानमा यही साता चाइना जाँदै छन् । सिंगापुर प्योङयाङबाट करिब ३ हजार माइलमात्र टाढा रहेकाले दुवै देशका अधिकारीको रोजाइ सिंगापुर बनेको हो ।

उनसँग भेट्ने मिति र स्थानको घोषणा उत्तर कोरियाले ३ अमेरिकी बन्दी रिहा गरेको भोलिपल्ट भएको हो ।  उत्तर कोरियासँगको पछिल्लो सम्बन्धलाई लिएर ट्रम्पले नयाँ यात्राको थालनी प्रारम्भ भएको बताएका छन् । उनले यसलाई अर्थपूर्ण काम गर्ने राम्रो अवसर भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू