अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण स्थगित र कार्यान्वयन

बिआरटीनेपाल २०७५ वैशाख २४ गते १०:२० मा प्रकाशित

सोल ।  उत्तर कोरियाले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने घोषणा कार्यान्वयन गरेको जनाएको छ । उसले तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र पनि बन्द गराएको थियो ।
कोरियाली नेता किम जोङ उनले घोषण गरेबमोजिम नै यही अप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणको कार्य बन्द गरेको थियो ।
उत्तर कोरियाको सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले उक्त निर्णय गरेपछि नै यसको कार्यान्वयन भएको छ र यस कार्यक्रमको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ ।
उत्तर कोरियाली नेता किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मुन जाय इनसँग भएको उच्चस्तरीय बैठक र उहाँहरुबीच भएको सम्झौतामा नै यस्तो कार्यक्रम बन्द गर्ने बताउनुभएको थियो ।
सोही बमोजिम नै उक्त कार्यक्रम बन्द गराएको र यसको कार्यान्वयन पनि सफल रुपमा नै भइरहेको उक्त समाचार समितिद्वारा प्रेषित समाचारमा जनाइएको छ ।
उता उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि केही हप्ताभित्रै महत्वपूर्ण शिखर बैठक गर्ने अपेक्षा गरिएको छ । त्यसको तयारीमा उत्तर कोरियाल लागिरहेको जनाएको छ ।
यदि उहाँहरुबीच भेटवार्ता भयो भने बहालवाला अमेरिकी राष्ट्रपति र कोरियाली नेताबीचको यो नै पहिलो र ऐतिहासिक बैठक हुने विश्वका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू