अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

जिन्दगी

उर्मिला "निर्दोषी" २०७५ वैशाख १६ गते १२:१६ मा प्रकाशित

रूनेहरू “आशु” भनेर बॉच्छन् जिन्दगी।
हॉस्नेहरू “हॉसो भनेर सॉच्छन् जिन्दगी।
जसले जे जे भने पनि ,
आशु- हॉसोको जालमा जकडीएको
एउटा जादु कलाकारको क्षेणीक
खेल हो, यो जिन्दगी ।

जाहॉ हॉस्नेहरू अॉशु कुरेर बस्छन्।
रूनेहरू हॉसो खोजेर हीड्छन्।

समय निरन्तरताको चक्रमा
कहिले धूप ,कहिले छाया बनेर आफ्नै गतिमा
घुमिरहन्छ जिन्दगी!, चलिरहन्छ जिन्दगी!।
न त हार हो यो, न त जीत नै।
न त रात हो यो , न त दिन नै।

अभिनयको सही कुशलता हो जिन्दगी!।
समय उप्रान्त रँगमन्चको पर्दाबाट स्वतः
सबैले अोझेल हुनुपर्ने
केवल एउटा क्षेणीक खेल हो जिन्दगी!।
अनि जन्म वारपारको रेफ़्री हो जिन्दगी।।

प्रतिक्रिया