अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 10:35

उडानअवधिभर पाइलटलाई फोटोग्राफी निषेध

बिआरटीनेपाल २०७५ वैशाख ६ गते २०:०९ मा प्रकाशित

काठमाडौं, वैशाख ७ । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् ।

काठमाडौं, वैशाख ७ । नेपाल एयरलाइन्सको एयरबस उडाउने एक सेलिब्रिटी पाइलटले यात्रु उडानमा रहेका बेलामा खिचेका सेल्फी तस्बिर सामाजिक सञ्जालमा छयापछयाप्ती देखिन्छन् ।

आगामी दिनमा चालक दलका कुनै पनि सदस्यले यसो गर्न पाइने छैन । यसो गरेको भेटिए पाइलटलाई ग्राउन्डेड गर्नेसम्मको कारबाही हुनेछ ।

फलाइट डेकमा युनिफर्ममा रहेका पाइलट तथा पाइलट र उडानकर्मीहरूसँग यात्रुले जहाजभित्र मात्र नभई हवाई सुरक्षाका हिसाबले संवेदनशील मानिने ककपिटमै पुगेर खिचेका तस्बिर फेसबुकलगायत सामाजिक सञ्जालमा अत्याधिक देखिन थालेपछि नागरिक उड्डयन प्राधिकरण यो विषयमा गम्भीर भएको हो ।

प्राधिकरणभित्रको नियमनकारी निकाय फ्लाइट सेफ्टी स्टयान्डर्ड विभाग नेपालमा दर्ता भएका सबै २१ वटा हेलिकप्टर तथा वायुसेवा कम्पनीलाई फोटोग्राफीबारे सचेत गराएको छ ।

प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार यस्ता गतिविधिले उडान र हवाई सुरक्षामा असर पर्न सक्ने भएकाले सचेत गराइएको हो । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू