अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

प्रथम महिला पत्रकार सगरमाथा आरोहण समूहलाई रु २५ लाख सहयोग (फोटो फिचर)

आर. पी. मैनाली, काठमाडौँ २०७५ वैशाख १ गते ६:१३ मा प्रकाशित

नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २५ औँ वार्षिकोत्सव मनाउने सिलसिलामा आज एक विशेष कार्यक्रमसहित रजत महोत्सवको सुरुवात गरेको छ । आज स्वास्थ्यवद्र्धक सन्देशसहितको प्रभातफेरी कार्यक्रम, हस्पिटलमा रहेका अन्तरङ्ग बिरामीहरूलाई फलफुल वितरण, विशेष पूजा र लगत्तै औपचारिक विशेष समारोहसहित सुरुवाती कार्यक्रमको समापन गरियो । अर्को औपचारिक समारोहको आयोजना यही वैशाख ८ गते शनिवार गर्ने तय भएको छ । 

नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यको स्वागत मन्तव्यबाट सुरु गरिएको आजको सुरुवाती औपचारिक कार्यक्रम पूर्व उप–प्रधानमन्त्री तथा काठमाडौँ क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

समारोहमा नर्भिकको झण्डोत्तोलन र नर्भिक गानको प्रस्तुतिका साथ सगरमाथा आरोही प्रथम महिला पत्रकार समूहलाई आर्थिक सहयोग बापत रु २५ लाखको चेक हस्तान्तरण गरिएको थियोे ।
महिला पत्रकार तथा प्रथम महिला सगरमाथा आरोहण समूहकी नेतृ रोजिता वुद्धाचार्यलाई नर्भिककी प्रबन्ध निर्देशक मेघा चौधरी शाक्यले उक्त चेक हस्तान्तरण गरेकी थिइन् । 

समारोहमा आफ्नो मन्तव्य राख्ने क्रममा आरोहण टोली नेतृ बुद्धाचार्यले आफ्नो आरोहण सफल पार्न हजारौँको हात भएको भए पनि नर्भिकको साथ, स्नेह, प्रोत्साहन र आशीर्वाद अवर्णनीय भएको बताइन् ।

पत्रकारितामा कलम चलाउँदै गर्दा सगरमाथा आरोहणको एक झिल्को उत्पत्ति भएता पनि नर्भिकको प्रोत्साहन र आशीर्वाद पश्चात् मात्र उक्त झिल्को ज्वालामा परिणत भएको उनले बताइन् । आरोही महिला पत्रकारको समूह वैशाख ३ गते सोमबार सगरमाथा आधार शिविरतर्फ प्रस्थान गर्नेछ । 

नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकले यसपूर्व नै सगरमाथाको चुचुरो चुमिसकेका भएता पनि आफ्नो अभियानले भने हालसम्म केवल दुई हिम श्रृङ्खला मात्रै चुमेको उनले बताइन् ।

सो अवसरमा नर्भिकका सद्भावना दूतद्वयका तर्फबाट वरिष्ठ कलाकार हरिवंश आचार्यले नर्भिक नेपाली स्वास्थ्यसेवाको आस्थापुञ्ज भएको, यसले हजारौँ नेपालीलाई स्तरीय स्वास्थ्य सेवाको खोजीमा भौतारिनुबाट जोगाएको, अरबौंको धनराशि विदेशिनबाट पनि जोगाएको र राष्ट्रकै स्वास्थ्य सुधार्न लागि परेको बताए ।

सो अवसारमा का.म.पा वडा नं. ११ मा नर्भिक अवस्थित रहेको हुँदा वडा नंं. ११ का नागरिकलाई स्वास्थ्य सेवामा नर्भिकद्वाारा पु¥याइने विशेष सहुलियत सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको थियो । सहमतिमा नर्भिकका तर्फबाट कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंह र वडा नं. ११ का तर्फबाट वडा अध्यक्ष हिरालाल तण्डुकारले हस्ताक्षर गरेका थिए । हस्ताक्षर लगतै समारोहका प्रमुख अतिथि पूर्व उप–प्रधानमन्त्री प्रकाशमान सिंहले केही प्रतिनिधि वडा बासीहरूलाई विशेष सहुलियत कार्ड प्रदान गरेका थिए । सहमति अनुसार वडा नं. ११ का सम्पूर्ण नागरिकहरूले नर्भिकद्वारा प्रदान गरिने स्वास्थ्य सेवामा २० प्रतिशत विशेष छुट प्राप्त गर्नेछन् र जेष्ठ नागरिकहरूलाई विना लाइन प्राथमिकताका साथ सेवा प्रदान गरिने छ । 

कार्यकारी निर्देशक राजेन्द्र बहादुर सिंहले हस्पिटललाई आजको अवस्थामा पु¥याउन कर्मचारी वर्गले पु¥याएको अतुलनीय योगदान, तिनको लगनशीलता र कर्तव्य परायणताप्रति उच्च सम्मान दर्साए ।

प्रमुख अतिथि माननीय प्रकाशमान सिंहले नेपाली निजी क्षेत्र फष्टाउनु र त्यसले देशलाई टेवा दिनुको एउटै कारण विगतका सरकारले अङ्गालेको उदार अर्थतन्त्र भएको बताउँदै नेपाली स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा परिणत गरेकोमा नर्भिकको मुक्त कण्ठले प्रशंसा गर्दै बधाई ज्ञापन गरे ।

सभापतिको आसनबाट बोल्दै नर्भिकका अध्यक्ष वसन्त चौधरीले २५ शैयाबाट सुरु भएको एक सानो स्वास्थ्य संस्थाले २५ औँ वसन्त पार गर्दै एक सुनौलो इतिहास बनाएको अवसरमा वडा नं. ११ मात्रै नभएर राष्ट्रका तमाम जेष्ठ नागरिकहरूलाई आफूले सम्मान गर्न चाहेको बताए । सोही अनुुसार अब उप्रान्त ७५ वर्ष माथिका सबै जेष्ठ नागरिकलाई स–सम्मान, बिना लाइन स्वास्थ्यसेवा पु¥याइने, सेवामा सहुलियतता प्रदान गर्ने र हस्पिटललाई आजको स्तरसम्म पु¥याउने कर्मठ कर्मचारीहरूलाई एक महिनाको पारिश्रमिक बोनसस्वरुप प्रदान गर्ने उद्घोष गरे । साथै सगरमाथा आरोही महिला पत्रकार समूहको आरोहण सफलताको कामना गर्दै सफल आरोहण पश्चात् तिनको स्वागतमा आफू आतुर रहेको बताए । 

सम्बन्धित सामग्रीहरू