अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३४ | Colorodo: 01:49

अमेरिकी व्यापारघाटा साढे ९ वर्षकै उचाइमा

बिआरटीनेपाल २०७४ चैत २४ गते १०:२३ मा प्रकाशित

वाशिङ्टन डीसी (अमेरिका) । सन् २०१८ को फेब्रुअरीमा अमेरिकाको व्यापार घाटा साढे ९ वर्षकै उचाइनजीक पुगेको एक तथ्याङ्कले देखाएको छ । सो अवधिमा आयात र निर्यात दुवैमा तीव्र वृद्घि हुँदा घाटा प्रभावित बनेको अर्थ मन्त्रालयले बताएको छ । फेब्रुअरीमा व्यापार घाटा १ दशमलव ६ प्रतिशत बढेर ५६ अर्ब ७० करोड डलरमा पुगेको छ । फेब्रुअरीको घाटा सन् २००८ को अक्टोबरयताकै उच्च हो भने घाटा बढेको यो लगातार छैटौं महीना हो । सो अवधिमा वस्तुको व्यापार घाटा सन् २००८ को जुलाईयताकै उच्च हो भने सेवाक्षेत्रको बचत सन् २०१२ को डिसेम्बरयताकै न्यून हो । फेब्रुअरीमा कमोडिटीको भाउमा भएको वृद्घिका कारण पनि घाटा फराकिलो बन्न सहयोग पुगेको विश्लेषण गरिएको छ । अमेरिकाको चीनसँगको वस्तु व्यापार घाटा १८ दशमलव ६ प्रतिशत घटेको छ भने मेक्सिकोसँगको घाटामा ४६ दशमलव ६ प्रतिशत वृद्घि भएको तथ्याङ्क छ । समीक्षा अवधिमा अमेरिकी वस्तुको निर्यात २ दशमलव ३ प्रतिशत बढेको थियो भने आयात पनि १ दशमलव ६ प्रतिशत बढेको मन्त्रालयले बताएको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू