अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

कांग्रेसमा गुट अदलबदल : देउवा र पौडेलमा को बलियो ? यस्तो थियो १३औँ महाधिवेशनको नतिजा

बिआरटीनेपाल २०७४ चैत २२ गते २१:३७ मा प्रकाशित

पदाधिकारी चयन छाडेर सिधै महाधिवेशनमा जानुपर्ने दबाब –

काँग्रेसको १३औँ महाधिवेशनमा पदाधिकारीसहित ६४ खुला केन्द्रीय सदस्यमा शेरबहादुर देउवा पक्षका ३६ र रामचन्द्र पौडेल पक्षका २८ निर्वाचित भएका थिए । देउवा पक्षमा खुमबहादुर खड्का समूह पनि सामेल थियो । उनको समूहबाट खड्कासहित शङ्कर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसिया पनि थिए । तर, केही दिनअघि खड्काको निधन भएसँगै सो समूहमा रहेका चार सदस्य कुन पक्षतिर लाग्छन् भन्ने बहस काङ्ग्रेसभित्र सुरु भएको छ । अब पदाधिकारी चयनको प्रस्ताव आए यी नेताहरूले देउवालाई नै साथ दिन्छन् या छुट्टै समूहका रूपमा उभिन्छन् भन्ने टुङ्गो छैन ।

काँग्रेसमा पदाधिकारीको मनोनयन निर्वाचित केन्द्रीय सदस्यले गर्नुपर्ने प्रावधान छ । महाधिवेशनबाट नेतृत्व चयन भएको दुई महिनाभित्र पार्टी संरचनालाई पूर्णता दिनुपर्ने भए पनि दुई वर्षसम्म अपूर्ण नै छ । निर्वाचन समीक्षा बैठकपछि देउवाले पदाधिकारी चयनको प्रस्ताव ल्याउँछन्ल्या/हुँदैनन् चासोसाथ हेरिएको खबर आजको नयाँ पत्रिकाले छापेको छ ।संस्थापनकै नेता जो देउवासँग असन्तुष्ट छन्
१३औँ महाधिवेशनमा चन्द्र भण्डारीले देउवा पक्षबाट खुला २५ केन्द्रीय सदस्यमा खाता खोलेका थिए । तर, महाधिवेशन भएको दुई वर्ष भइसक्दा उनी संस्थापन पक्षसँग असन्तुष्ट छन् । उनले सार्वजनिक मञ्चबाटै सभापति देउवाविरुद्ध आक्रामक भाषण गर्दै आएका छन् । जितेकामध्ये कुलबहादुर गुरुङ पनि देउवासँग असन्तुष्ट छन् । १३औँ महाधिवेशनमा देउवालाई जिताउनकै लागि गुरुङले गुट फेरेका थिए । तर, दुई वर्षसम्म आफूलाई कुनै भूमिका नदिएपछि उनी देउवासँग रुष्ट छन् । उद्यपि, उनीहरू अर्को पक्षमा पनि स्पष्ट खुलेका भने छैनन् ।

पौडेल पक्षका जो देउवातिर लागे
१३औँ महाधिवेशनमा पौडेल पक्षबाट जितेकामध्ये चिनकाजी श्रेष्ठ प्रस्टै रूपमा देउवा पक्षतिर लागेका छन् । सुशील कोइराला सभापति र संसदीय दलको नेता हुँदा श्रेष्ठ प्रमुख सचेतक थिए । तर, सुशीलको निधनपछि देउवा संसदीय दलको नेता हुँदा पनि उनले श्रेष्ठलाई फेरेनन् । देउवाले यस पटक दलको नेता चयनका लागि निर्वाचन समितिको संयोजकसमेत बनाइदिएपछि श्रेष्ठ देउवा पक्षमा रहेको स्पष्ट भएको काँग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् ।

अब के गर्छ खड्का पक्ष ?
खुमबहादुरसहित देउवाको पक्षमा ५ सदस्य रहेकामा अब यो उपगुटमा भण्डारी, भुसाल, कँडेल र बस्नेत मात्रै छन् । यी चारजना फेरि पनि देउवा पक्षमै लागे आफूअनुकूल पदाधिकारी नियुक्त गर्न देउवालाई गाह्रो नपर्ने देखिन्छ । किनभने देउवाको पक्षमा भण्डारी र गुरुङ घटे पनि बहुमत पुग्छ ।

खड्काको निधनसँगै यो समूहले छुट्टै गुट चलाउने सम्भावना भने कम देखिन्छ । किनभने उपगुटको नेतृत्वमा समझदारी बन्ने सम्भावना देखिँदैन । यसकारण यी नेताहरू देउवा पक्षमै लाग्ने सम्भावना बढी भएको एक केन्द्रीय सदस्यले बताए । तर, देउवालाई साथ दिँदा सहमहामन्त्रीसहित जिम्मेवार पद दाबी गर्ने यो समूहको योजना छ ।

जो जता पनि भोट हाल्न सक्छन्
पौडेल पक्षबाट जित्नेमध्ये डा. नारायण खड्का र डा. मीनेन्द्र रिजाल अहिले प्रस्ट रूपमा दुवै गुटमा खुलेका छैनन् । यी दुवै नेता देउवा र पौडेल पक्षसँग सम्पर्कमा छन् । चुनावी समीक्षा बैठकमा पनि यी दुवै नेताले गुटबन्दीभन्दा माथि उठ्नुपर्ने मत प्रकट गरिरहेका छन् । देउवा संसदीय दलको नेतामा चुनिँदा यी दुवैले देउवालाई भोट हालेको आशङ्का काङ्ग्रेसभित्र छ । सभापति प्रणाली भएकाले सभापतिलाई नै बलियो बनाउनुपर्छ भन्ने मत नेता खड्काको छ ।

पदाधिकारी मनोनीत हुन्छन् कि हुँदैनन् ?
काँग्रेसको विधानअनुसार महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको दुई महिनाभित्र पदाधिकारीसहित पार्टीका सबै संयन्त्र टुंगिनुपर्ने हो । तर, १३औँ महाधिवेशन भएको दुई वर्ष बितिसक्दा पनि पदाधिकारी चयन भएका छैनन् । चुनावी समीक्षा बैठकमा प्रकाशमान सिंह, डा. शेखर कोइरालासहितका नेताले दुई वर्षमा पनि पदाधिकारी मनोनयन नभएपछि अब त्यतातिर लाग्न नहुने धारणा राखेका छन् । गगन थापा, प्रदीप पौडेलसहितको युवा समूहले पनि छिटो महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लिखित रूपमै राखेका छन् ।

तर, सभापति देउवाले पदाधिकारीसहित पार्टीका सबै तहलाई छिटै पूर्णता दिने केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले बताए । ‘सभापतिले अब छिटै पदाधिकारीदेखि पार्टीका सबै तहलाई पूर्णता दिने बताउँदै आउनुभएको छ,’ महतले नयाँ पत्रिकासँग भने, ‘अब पदाधिकारीदेखि विभागसम्म सबै विषय टुंगिनेछन् ।

को हुन् पदाधिकारीका दाबेदार ?
काँग्रेसमा एक–एक जना उपसभापति र महामन्त्री तथा सहमहामन्त्री मनोनीत गर्न पाइन्छ । तर, यो पदमा एकभन्दा बढी दाबेदार छन् । संस्थापन पक्षले पौडेल पक्षलाई तीनवटै पद दिने मनस्थिति बनाएको छैन । पदाधिकारी चयन गर्दा निर्वाचित केन्द्रीय सदस्यमध्येबाटै बनाउनुपर्नेछ । उपसभापतिका लागि गोपालमान श्रेष्ठ र नेता विमलेन्द्र निधि प्रमुख दाबेदारका रूपमा देखिएका छन् । आफू वरिष्ठ भएको, उसभापति भइसकेकाले आफूले नै पाउनुपर्ने श्रेष्ठको दाबी छ । तर, श्रेष्ठभन्दा देउवाको जोड निधितिरै बढी देखिन्छ ।

महामन्त्रीका लागि ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्का प्रमुख दाबेदार हुन् । नेता बालकृष्ण खानले पनि आकाङ्क्षा राखेका छन् । तीनमध्ये कार्कीप्रति देउवा सकारात्मक छन् । तर, सहहामन्त्री भइसकेका खड्का र देउवालाई नजिकबाट साथ दिँदै आएको भन्दै खानले पनि बलियो दाबेदारी प्रस्तुत गरेका छन् । सहमहामन्त्रीमा देउवा पक्षका खानसहित, डा. प्रकाशशरण महत, खड्का समूहकी पुष्पा भुसाल र पौडेल पक्षका दिलेन्द्रप्रसाद बडूसहितका नेताले आकाङ्क्षा देखाएका छन् ।

१३औँ महाधिवेशनको नतिजा यस्तो थियो

देउवा पक्ष
सभापति शेरबहादुर देउवा
खुमबहादुर खड्का
कुलबहादुर गुरुङ
प्रदिप गिरी
बालकृष्ण खाण
रमेश लेखक
पूर्णबहादुर खड्का
विमलेन्द्र निधि
विश्वप्रकाश शर्मा
एनपी साउद
शङ्कर भण्डारी
ज्ञानेन्द्रबहादुर कार्की
गोपालमान श्रेष्ठ
चन्द्र भण्डारी
डा. प्रकाशशरण महत

प्रदेशतर्फ
भीष्मराज आङदेम्बे
रमेश रिजाल
मोहनबहादुर बस्नेत
सुरेन्द्र पाण्डे
देवेन्द्रराज क“डेल
जीवनबहादुर शाही
वीरबहादुर बलाएर

आरक्षण कोटामा
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
डा. ढिला संग्रौला
अम्बिका बस्नेत
ईश्वरी न्यौपाने
पुष्पा भुसाल
पार्वती डिसी चौधरी
बहादुरसिंह लामा
फरमुल्लाह मन्सुर
सीतादेवी यादव
सुजाता परियार
लक्ष्मी परियार
अजयकुमार चौरसिया
महेन्द्र यादव

पौडेल पक्ष
महामन्त्री शशांक कोइराला
कोषाध्यक्ष – सीतादेवी यादव
डा. शेखर कोइराला
प्रकाशमान सिंह
प्रदीप पौडेल (सिटौला पक्ष)
धनराज गुरुङ
बलबहादुर केसी
महेश आचार्य
सुजाता कोइराला
डा. रामशरण महत
बद्री पाण्डे
डा. नारायण खड्का
डा. मीनेन्द्र रिजाल

प्रदेशतर्फ
गुरुराज घिमिरे
आनन्दप्रसाद ढुंगाना
नवीन्द्रराज जोशी
गोविन्द भट्टराई
दीपक गिरी
हृदयराम थानी
दिलेन्द्रप्रसाद बडू

आरक्षणतर्फ
कमला पन्त
चिनकाजी श्रेष्ठ
जीवन परियार
कल्याण गुरुङ
रामकृष्ण यादव
किरण यादव
सरिता प्रसाईं
रत्ना शेरचन

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू