अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

नियमविपरीत हाकिम सेवाबाट फर्काइए ७४ प्रहरी

२०७४ चैत २१ २०७४ चैत २० गते १९:४१ मा प्रकाशित

प्रहरी प्रधान कार्यालयले नियमविपरीत पहुँचको भरमा निजी सुरक्षा गार्ड र चालकका रुपमा रहेका ७४ प्रहरीलाई फिर्ता बोलाएको छ ।

उनीहरुलाई पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, पूर्वमन्त्री, उच्चपदस्थ अधिकारीलगायतले बर्षौंदेखि गैरकानुनी रुपमा काममा लगाइरहेका थिए ।

फिर्ता आएकामा ५७ सुरक्षा गार्ड र १७ जना चालक छन् ।

प्रहरीका अजनुसार पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, केशवप्रसाद उपाध्याय तथा मीनबहादुर रायमाझीको सुरक्षामा खटिएका अंगरक्षकलाई फिर्ता बोलाइएको छ ।

कांग्रेस नेतृ एवं पूर्वउपसभामुख चित्रलेखा यादव, पूर्वमन्त्रीहरु नरहरि अचार्य, रमेश लेखक, अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाललगायत अन्य नेताहरुले गैरकानुनी रुपमा सुरक्षा गार्डका रुपमा राखेका प्रहरीलाई फिर्ता गरिएको छ ।

उनीहरुले गैरकानुनी रुपमा प्रहरीलाई प्रयोग गरेको सूचना आएपछि फिर्ता बोलाएको जानकारी प्रहरी प्रधान कार्यालयका अधिकारीले दिए ।आजको कान्तिपुर दैनिकमा  समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू