अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०७ | Colorodo: 13:22

इजरायलद्वारा अफ्रिकी आप्रवासीबारे राष्ट्रसंघसँगको सम्झौता रद्द गर्ने

बिआरटीनेपाल २०७४ चैत २० गते १८:४८ मा प्रकाशित

जेरुसेलम,  इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले संयुक्त राष्टसंघको शरणार्थी मामिला हेर्ने निकायसँग हजारौँ अफ्रिकी आप्रवासीको पुनःस्थापनाका लागि गरिएको सम्झौतालाई रद्द गर्न लागिएको बताउनुभएको छ । इजरायली दक्षिणपन्थी समूहको बढ्दो दबाबका कारण नेतन्याहुले उक्त कदम चाल्नुभएको बुझिएको छ ।

इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार एक टेलिभिजन सम्बोधनका क्रममा सम्झौतालाई फिर्ता हुने घोषणा गर्नुभएको थियो । समाचारलाई स्थानीय प्रसारण तथा छापाका सञ्चारमाध्यमले विशेष स्थान दिएर प्रकाशन तथा प्रसारण गरेका छन् । उहाँले दक्षिणपन्थी राजनीतिक समूह तथा उहाँका कँैयाँै आफ्नै समर्थक समेतमा देखिएको तातो रिस साम्य गर्न सम्झौताबाट पछि हट्ने निर्णय लिएको बताउनुभएको थियो ।

सोमबार राती पोस्ट गरेको फेसबुक सन्देशमा पनि नेतन्याहुले आप्रबासीका सम्बन्धमा राष्ट्रसंघीय आप्रवासी मामला हेर्ने निकायसँग गरेको सम्झौतालाई व्यापक छलफलपछि रद्द गर्ने निर्णयमा पुगेको बताउनुभएको छ । सम्झौताले अस्थायी रूपमा नै भए पनि हजारौँ आप्रबासीलाई इजरायलमा रहनसक्ने व्यवस्था गरेको थियो । उहाँले सम्झौता खारेज नै हुने मङ्गलवार इरानी सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू