अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

प्रधानमन्त्री केपी ओली ज्यूलाई खुल्ला पत्र

धर्म र जातीयताको नाममा शान्ति देशमा अशान्ति किन प्रधानमन्त्री ज्यू ?

निशा अर्याल, इजरायल २०७४ चैत १४ गते १७:५८ मा प्रकाशित

राजनीतिको आडमा यस्तरी नैतिक्ता र सम्मान किन विक्दैछ प्रधानमन्त्री ज्यू ? नेपालमा आएर लोभको प्रलोभनमा पारी धर्मको आडमा क्रिश्चियनका ढोँगी दलालहरूले पहिला मुस्लिम समुदायहरूको राष्ट् माथिपनि अत्याचारी गरी यिनै क्रिश्चियनहरुले धर्मको आड बनाएर सम्पत्तिको लागि आक्रमण गरेर प्राकृतिक स्रोत जस्ता प्रेट्रोलियम प्रदार्थ तथा अन्य खनिजा प्रदार्थ दोहन गरेका थिए , त्यसको विरोधमा मुस्लिम समुदायले प्रतिरोध गरे त्यसैको मारमा परेका क्रिश्चियनहरुले आज सम्म मुस्लिम समुदायसँग न लड़न सक्छन्,न धर्म नै परिवर्तन उनीहरूलाई गराउन सक्छन् ! धर्म परिवर्तन त के आज मुस्लिमहरूको अगाडी सामना सम्म गर्न सकिरहेका छैनन् ,भने यस्ता धर्मलाई आधार बनाएर देशमा नै कब्जा जमाउन दलिन उद्देश्य भएका क्रिश्चियनहरुले गरेको मुस्लिम माथिको निकृष्ट धातको प्रतिउत्तरमा गरिएको टेन्टा गानको आक्रमण (अमेरिकामा भएको ) एउटा उदाहरणा सबैको आँखाको अगाडि छ | 

इस्लामिक समुदाय भित्रका चर्चहरू र क्रिश्चियनहरुका अन्य संस्थाहरू आज दैनिय अवस्थामा जीर्ण रहेकोले त्यहाँ गएर उनीहरूले आफ्नो क्रिश्चियन धर्मको रक्षा गर्न सकिरहेका छैन |
जहाँ यशूको जन्म भयो यो इजरायल राष्ट्रमा उनको नामको राष्ट्रिय बिदा सम्म हुँदैन I

नेपालमा आएर यिनीहरूले खन्याउने डलरहरू खन्याए पनि उनीहरूको त्यहाँ काम लाग्दैन अनि भारतमा डलर र बाइबल भित्र लुकाएर ल्याएका तरबारले दुई सय वर्ष सम्म भारत क्रिश्चियनको गुलाम भयो यी कुरा किन याद गर्न चाहनु हुन्न ?

धर्म निरपेक्षक भनेको क्रिश्चियन नीतिको प्रभाव बढाउनु हो भन्ने कुरा आजका नेताहरूले बुझेका छैनन् कि कसो ? कि तपाइहरू उनीहरूको गुलाम बनी सक्नु भयो ?

पवित्र भूमि नेपाल हिन्दुहरूको आराज्य देवी देवताहरूले विभिन्न रूप लिई बसोबास भएको थलो जुन हिन्दु धर्म ग्रन्थ अनुसार सम्पूर्ण देवताहरू पवित्र स्थल हिमालयमा बसोबास गर्दथे र महाकवि काली दासले पनि हिन्दु धर्म ग्रन्थको आधारमा लेखेका छन् “कुमार सम्भव महाकाव्य ,रघुवंश महाकाव्य, हिमालय र पर्वत खण्डको वर्णन गर्दै भने कि विश्वले नै एकमात्र हिन्दुधर्मको स्थल भनेर चिनिने नेपाल यस्तो भूमि हो जहाँ देवी देवताले बसोबास गर्दै आएका छन् I

“अस्त्युत्तरस्याम् दिशितेवतात्मा हिमालयो नाम नगाधिराज
पूर्वापरौ तोयनिधि वगाह्यस्थित पृथिव्यामिवमान दण्ड ”

अर्थात् उत्तर दिशामा देवताहरू वास गर्ने देवताहरूको आत्मा रहेको पर्वत राज ,जसलाई हिमालय भनिन्छ , पूर्व पश्चिम र दक्षिण तिर जलाधार नदीहरू बगेका छन् यो पृथ्वीको मान दण्ड जस्तै आधार हो I पवित्र भूमि एक मात्र मेरो हिन्दु देश नेपाल जसलाई कुमार सम्बभको प्रथम आध्यायमा श्लोक द्धारा वर्णन गरिएको छ ! झनै देवी भागवत्,नेपाल महात्मय,महाभारत,वेद,,पुरारणहरु समेतमा हिमालयलाई देव भूमि भनेर उल्लेख गरिएको छ,तिनै ग्रन्थहरूको आधारलाई मान्दै कौशिक ऋषिले ,बराह क्षेत्र नजिकको कोसीमा ,गण्डका ऋषिले गण्डकीमा ,व्यास ऋषिले महाकाली नदीको किनारमा ,वालमिकी ऋषिले पनि गण्डकी नदीकै किनारमा तपस्या गरी देवत्व प्राप्त गरेका थिए भन्ने मारकाण्डय पुराण लगायत विभिन्न धर्म ग्रन्थका पुस्तकका कथाहरूमा उल्लेख गरिएको सुन्न र पढ्न समेत पाइन्छ Iभने वालमिकी रामायण ,शिवपुराण,मारकणड्य पुराण ,र सती देवीका अङ्ग पतन भएका र अदभूत रामायण तथा सम्पूर्ण रामायणहरुमा ब्रह्मा जीको तपस्या गर्न रावणका तिनै भाईपनि हिमालय पर्वतमा नै गई तपस्या गरेका थिए भन्ने समेत ग्रन्थमा उल्लेख भएको छ I

त्यति मात्र नभएर शिवपार्वतीका अनुपम लीलाहरू हजारौँ उदारहणको रूपमा हिमालय पर्वत मै केन्द्रित छन् भन्ने कुरा यहाँ मैले व्यक्त गरिरहनु पर्दैन होला ! झनै भन्नु पर्दा हिन्दुहरूको लागि सक्षात् देवता शालिग्रामको उत्पत्ति ,कालीगण्डकीको सिरान नै प्रणामको रूपमा दामोदर कुण्ड रहेका छन् ,जहाँ जड भरतले धेरै वर्ष बसेर तपस्या गर्दा जलेश्वर महादेव प्रश्न भई वरदान समेत दिएको कुरा श्रीमतभागवत् पुराणमा उल्लेख भएको छ l

हाम्रो देश नेपाल जहाँ सिता,जनक,बुद्ध,जस्ताको जन्म समेत रहेको नेपाल विश्वकै एकमात्र हिन्दु आराज्य देवहरूको निवास स्थल अहिले आएर डलरको लोभमा पर्दै यसलाई राज्यले धर्म साक्षेप् भनोश वा निरपेक्षक तर यो नेपाल हिन्दुहरूको गर्वको शिर आधार भूमि हो जुन विश्वमा नै छरिएका हिन्दुहरूले गर्व गरिरहेका छन् त्यस्तै नेपालको इतिहासमा वेद र हिन्दु ग्रन्थहरूको रक्षाको लागि मुसलमान र क्रिश्चियनहरुको त्रासबाट हिमालयमा धर्मको संरक्षण गरिएको कुरा समेत पाइन्छ भने गया शुद्धिन,शुग्लंएम .सम शुद्धिन,महमद गजनी,आदिको आक्रमणबाट अर्थात् ( जनै काटिदिने,वेद जलाई दिने,धर्मका पुस्तकहरू च्यातिदिने,बाहुनका पालेका टुप्पी काटिदिने र जवर्जस्ती धर्म परिवर्तन गराउन खोज्ने ,मन्दिरहरू तोडफोड गर्ने ,गाई काट्ने,जस्ता नगन्य अपराध हुँदा पनि नेपाल एक मात्र हिन्दुराष्ट्र यस्तो देश हो जसले धर्म र संस्कारको संरक्षण आज सम्म पनि गर्दै आएको थियो त्यस्तै किरातीहरुले मान्ने गरेका पारुहांग र सुम्लिमा ,सारुप्मा पनि शिवपार्वती नै हुन ,र अन्य जनजातिहरूको आराज्य देवतामा भगवान् बुद्धलाई हिन्दु धर्मले पनि विष्णुका दश अवतारको रूपमा मान्ने गरेको कुरा देवी स्तुतिहरूमा समेत पढ्न पाइन्छ l 

हिन्दु धर्म भित्र विष्णु,शिव,र बुद्धको साझा स्वरूप मुक्तिनाथ सम्पूर्ण नेपलीहरुले पुज्दै आएको प्रमाण आज पनि ताजै रहेको छ l चाहे हिन्दु धर्मलाम्वी क्षेत्री बाहुन हुन वा अन्य जनजाति यी सम्पूर्णहरूले हजारौँ वर्ष देखि हिन्दु र बुद्ध धर्मलाई मान्यता दिँदै आएका छन् यस्तो धार्मिक सहिष्णुता रहेको पवित्र नेपाल देशमा बसोबास गर्ने अन्य धर्मलाम्वीहरुलाई पनि एकता,सद्भावना राख्दै आएका छन् l
हजारौँ वर्ष देखि मिलेर बसेका नेपालीहरू हिन्दु धर्ममा आधारित धार्मिक सहिष्णुता भित्र सन्तुष्ट छन् त्यस्तो अवस्थामा जातीय सद्भाव र धार्मिक सहिष्णुतालाई खलल पार्ने धर्म परिवर्तनको सिम्ख्रालाले हामी माथि वज्रपात गरेको छ l नेपालीहरू 90% भन्दा बढी हिन्दु धर्ममा आबद्ध छन् भने हिन्दु धर्म र हामी नेपालीको संस्कार नै हाम्रो प्रण हो यस माथि गरिएको विदेशी दलालहरूको देश भित्रको हस्तक्षेप् र आक्रमण हामीलाई सैय हुने छैन हाम्रो आत्मा र धर्मलाई डलरको मूल्यमा तौलिने दुस्साशन नगर्नुहोस् I

विश्वको एकमात्र हिन्दु राष्ट्र जग यी नेपाल देशभित्रका असीम सम्पत्ति हुन् जसमाथि हामी नेपालीलेमात्र हैन विश्वले नेपाली माटोको गुण गाउने गर्छ र गौरव गर्छ I तर सुन्दर र शान्त मेरो देशमा काला विष धारण गरेका राजनीतिको नाममा घिन लाग्दो षड्यन्त्र खेल्दैआतंकित जातीयताको नाममा विषालु नेताहरूको स्वार्थ को कारण देश र जनताले खेप्नु परेको पिडा र देशपछि पर्नु भनेको नेता भित्रको नैतिकता विलीन भएर नै हो । हाम्रो देशमा आज पनि यस्ता बहुमूल्य खजनाहरु कायम नै छन् जसमा हामी गौरव गर्दै शिर ठाडो पार्दै भन्छौ हामी हिन्दु राष्ट्र नेपालका सन्तान हौ l जब महा प्रलयकाल भएको थियो त्यो वेला मनुको ढुङ्गा बग्दै जाँदा यस ब्रह्माण्डको उच्च ठाउँ सगरमाथामा ठोकिँदा ब्रह्माजीले तत्कालीन समयमा उच्च मानसी सृष्टि मानसरोबरमा बसेर ध्यान गरेका देश जुन धर्म ग्रन्थमा समेत उल्लेख छ त्यस कारण हिन्दुहरूको उद्गम थलो नेपाल थियो र हो फेरी इसाई करण र शान्ति देशमा फेरी बुद्धको शान्तिको नामको धर्मको ढोंग किन प्रधानमन्त्री ज्यू ?

जुन भूमिमा लोमश, श्रिंगी ,पराशर, वेद व्यास आदिको जन्म भयो तथा तपोभूमि पनि नेपाल नै हो भने किन पवित्रतामा फोहर छ्याप्ने कार्य हुँदैछ प्रधानमन्त्री ज्यू?

नेपाल नै त्यो भूमि हो जहाँ चारै वेदका मन्त्रद्रष्टा ऋषिहरूले जन्म लिएका थिए यस्तो पवित्र भूमि प्रति विदेशीको आँखा गिद्ध झैँ भएको के तपाईँहरूको नजरले देख्दैन ?

जनक जस्ता विदेह राजाको जन्मभूमि, अश्वपति र विराटराजाको जन्मभूमि नेपाल देशका हामी सन्तान सम्झिँदा के तपाइहरूलाई गौरव लाग्दैन? !

पर्वत कि छोरी पार्वती , जगत् जननी सीता , नेपालकै छोरी हुन विश्वले उनको जयजयकार गरी रहेको छ भने तपाइहरू किन आफ्नो धर्म संस्कार देशको गौरव, पहिचान छण भरको सुख, चयनको लागि दाउमा लगाउँदै हुनुहुन्छ?

याज्ञबल्क्य, कहोल , आरुणी , धौम्य आदि ऋषि मुनिको पवित्र वाणीद्वारा नेपालकै भूमि गुन्जायमान भएको हिन्दु राष्ट्र नेपाल भित्र विषालु सर्पलाई दूध खुवाएर किन पोस्दै हुनुहुन्छ प्रधानमन्त्री ज्यू?
विश्व प्रसिद्ध तीर्थस्थल चार क्षेत्र – मुक्ति क्षेत्र , बराह क्षेत्र, रुरु क्षेत्र र पाशुपत क्षेत्र नेपालकै भूमिमा अवस्थित छ जो आज पनि भ्रमण गर्न आउने विदेशी पर्यटकीयहरूले देख्दा आश्चर्य मान्छन र आफूले नेपालको माटोमा टेक्न पाउँदा मोछ्य भएको धन्य भन्छन् त्यस्तो भूमिमा जन्मँदा पनि आफ्नू देशको अस्तित्व माथि खेलबाड गर्दा के हेर्दै हुनुहुन्छ प्रधानमन्त्री ज्यू?

विश्वले पुज्ने र धारण गर्दै आएको शालिग्राम र रुद्राक्षारण्य नेपालकै देन हो किन विर्षदै हुनुहुन्छ तपाइहरू ?

नमुचि , शम्बर ,वर्ची, जनक ,अश्वपति , विराट जस्ता राजा महाराजाहरूको दरबारले पनि नेपालकै भूमि सुशोभित गरेको देश हो नेपाल तपाइहरूले कसरी बिर्सनु भयो ?
विश्वको जनसङ्ख्याको त्रितियांशमा हिन्दु धर्मको शाखा बौद्ध धर्म फैलाउने भगवान् बुद्ध पनि नेपालमै जन्मेका र हुर्के र बेतबाटै सिद्ध प्राप्त गरे अनि स्वयम् शान्ति देशभित्र अशान्तीको व्रिजा रोपन गरी

बुद्ध धर्मलाई डाल बनाई कस्तो शान्ति देशको कुरा गर्दै हुनुहुन्छ तपाइहरू?
विश्वमा एक मात्र हिन्दु सम्बत्सर मान्ने मुलुक नेपाल मात्र हो र
प्राचिनकाल देखि नेपालको प्रसिद्धिका विषय वस्तुहरू :- सम्झनु होस त !
नेपालको कम्बल “नेपाल कम्बलेनाथ -स्क. पु. ३०/४५
नेपाल महाक्षेत्र “नेपलाच्च महाक्षेत्रात -स्क. पु. ७९/१० (पशुपतिनाथको महत्त्व)
नेपाल शङ्कर क्षेत्र “नेपालमा शाङ्करमक्षेत्रम -स्क. पु. हि. ख. १/१८
नेपालका तिर्थादी अनादिकालदेखि प्रसिद्ध “नेपाल जात तिर्थैस्च -स्क.पु.हि.ख.१/१९
शक्ति पीठहरूमा पनि नेपाल अग्रणीभएको देश “कामरुपम बाराणाशी नेपालमा यो.हृ.त्. पृ. २०६/३७
नेपाल कस्तुरीमा पनि विश्व प्रसिद्ध रहेको नेपाल ” कामरुपोदभवा श्रेष्ठा नेपाली ह्यधमा भबेत – भा. प्र. नि. पु. ख. क. व.६
नेपाल धातु र कस्तुरीहरूको वर्णमा पनि प्रसिद्ध रहेको नेपाल ” नेपाली नीलबर्ण याक – भा. प्र. नि. पु. ख. क. व.७

अनि त्यस्तो देशको सन्तान र नेता तपाइहरू जहाँ हाम्रो देशका शासकहरू यस्ता थिए प्रधानमन्त्री ज्यू !
नेपालस्य काञ्चनाद्रि (कंचनजंघा) ब्रम्हपुत्र्यस्य सङ्गम – यो. त. ११प.
महाभारत युद्ध भन्दा पहिलेनै नेपालका तात्कालिक किराँत शासकहरू प्रख्यात भई सकेका हुनाले महर्षि व्यासले भनेका छन् ” नेपाल बिशये ये च राजानस्तान बाजयत” – म. भा. ब . प्. २५४ अ ७
नेपालका किराँती राजाहरूको समेत गौरव र वर्णन गर्दै भनिएको छ – “अपितु हिमबद दुर्गा निलया: किरांता रणकर्कशा:” – म. भा. भी. प्. रा.सु. प्.३०/३२ अ, फेरी आज जातीयताको नाममा जहर किन घोलिदै छ प्रधानमन्त्री ज्यू ?

यही नेपाल देशका नेपाली सपुत महाभारतको युद्धमा भागलिने किराँती राजा यलम्बर हाङ्ग थिए ! यस्तो शान्ति र सद्भाव भएको देशभित्र आज आपसी लडाई र तेरो मेरोको भावना किन फैलाउँदै हुनुहुन्छ राजनीतिको आडमा प्रधानमन्त्री ज्यू ?

जति वर्णन गरे पनि नसकिने प्राक्रृतिक संपदा भएको धनी देश आज कसरी र किन गरिब भयो प्रधानमन्त्री ज्यू ? त्यसैले जुन देशमा नेपालको गौरबमय इतिहाँस हजारौँ हजार वर्ष पुरानो छ र नेपालको यत्रो ठुलो सत्ताको इतिहाँस जो आजसम्म लेखिएकै छैन यसलाई कसैले ओझेलमा पारेर यसको हिन्दुत्व पहिचानलाई मेटाएर आफू खुसी गर्न खोज्यो भने अछ्म्य अपराध ठहरिने छ प्रधानमन्त्री ज्यू !
तसर्थ नेपाल र नेपालीको अनि आफ्नो दायित्वको राम्रोसँग बोध गरी भूमिको महत्त्वलाई विशेष ध्यानमा राखी, यो पवित्र माटोलाई शिरमा धारण गर्दै सदैव आफ्नो राष्ट्रको र राष्ट्रियताको हितको पक्षमा कदम चाल्नुहोस प्रधानमन्त्री ज्यू !

देश र धर्नम , संस्ताकार माथि गरिएको विदेशीहस्तछेप हामीलाई कदाचित स्वीकार हुनेछैन ! आजकल डलर पचाएर त्यसैको लहैलहैमा लागेर देशको अविभाज्यतामा धावा बोलाउने कुनियतले पसेका विदेशीको आँतक रूपि जातीयताको षड्यन्त्र देशलाई जातको नारामा बाँड्न चाहनेहरुले बुझुन् – संसारकै प्राचीनतम् ग्रन्थ ‘वेद’ मा कुनै ‘जात’ छैन; केवल आफूद्वारा सम्पादन हुने ‘कर्म’ को मात्र कुरा हो । तिमीभित्रको नियत तिम्रो व्यवहार हुन,!

त्यसैले वेलैमा चेतना जागोस् NGO INGO मार्फत डलरको चलखेलमा केही नेताको स्वार्थ किनबेचका कारण देश र जनताले व्यहोर्नु परेको यो दुखद परिवेश धर्म परिवर्तन गर्ने,गराउने आतङ्क र जनता भडकाउदै हिडने हिम्सापूर्ण प्रवृत्ति २/४ जना कमनिष्टका नामका कलङ्क नेताहरूलाई जेलमा नकोचे केही राष्ट्र धोतीका टाउको नछिनेले सम्म र NGO INGO लाई देशबाटै नलखटे सम्म हाम्रो धर्म संस्कार, संस्कृतिमा सधैँ खेलबाड भई रहने हुनाले र बुद्धका शान्ति देश बनाउने नाममा खेलेंगे कपट पूर्ण राजनीतिले देशले जातीयताको नाममा धार्मिक युद्ध हुने ख़तरा छर्लगं छ त्यसैले प्रधानमन्त्री ज्यू साँच्चै देश र जनताको हितमा रहेर काम गर्ने वफ़ादार प्रधानमन्त्री तपाईँ हो भने पहिला नेपाल देशको भाषा,संस्कार,संस्कृति र हिन्दु धर्म को रक्षा गर्नुहोस्, आफ्नो धर्म संस्कारलाई तराजुमा तौलिदै अर्काको राष्ट्रबाट हिंसा फैलाउन आएको व्यक्तिको अनुहारमा हाँसो र घरभित्र दियो बालेर आफ्नो घरको अन्धियारों मा अनुहार हेर्ने प्रयत्न बन्द गर्नुहोस् । कहिले क्रिश्यनको नाममा गाई हत्याका कुरा त कहिले बुद्धका नाममा धर्म हिंसाको कुरा यस्ता घिनलाग्दो चलखेल हामीलाई स्वीकार्य छैन । विवेकशील तपाइहरू आफ्नो देशको भाषा, धर्म ,संस्कारहरू माथि आक्रमण गर्न खोज्नेलाई कार्यवाही र विदेशीलाई देश निकाला गर्न असमर्थ किन प्रधानमन्त्री ज्यू ?

हरेक मुलुकमा क्रियाशील राजनीतिक दलहरू, अन्य प्रशासनिक तथा प्रजातान्त्रिक संस्थाहरूको कार्य पद्धति , प्रजातन्त्रको नाममा जनतालाई नीतिगत मामिलाहरू तथा संस्थाहरूबाट किनारा लगाउने प्रचलन र सामान्य जनताको भन्दा उनीहरूको नाममा विशेष वर्ग ( एलिट्स ) को बोलवाला आदि विषयहरूमाथिपनि यो अध्ययनले आफूलाई केन्द्रित गरेको थियो । निश्चय पनि प्रजातन्त्रका नाममा अभ्यास गरिदैछ आएका विसंगतिहरूको सूचि छोटों नहोला दक्षिण एसियाली मुलुकहरूमा । सामुहिकरूपमा र जनस्तरको अनुभव र उनीहरूसँगको अन्तरक्रियालाई आधारित प्रतिवेदनले प्रजातन्त्रका नाममा गरिएका विसंगतिहरू औँल्याउँदा सम्बन्धित मुलुकका सरकार र राजनीतिक दलहरूको साथै प्रजातान्त्रिक संस्थाहरूले त्यसलाई कति गम्भीरताका साथ लेलान एउटा प्रश्न खड़ा भएको छ ।
जनआक्रोश , आलोचना , र सुझाव प्रति उदासीन रहने सरकारी प्रबृतिले दक्षिण एसियाली मुलुकहरूमा झन्डै संस्कृतिका रूप लिन सकेको त्यस्तो प्रतिवेदनको सान्दर्भिकता माथि अझ ठुलो प्रश्नचिन्ह उठ्नु अस्वभाविक होइन ।

नेपालको कानुनमा कुनै धर्मको प्रचार-प्रसार र कुनै ठाउँको रीति रिवाज संस्कारलाई आक्षेप लगाएको तापहरूले पाउनु भएको छ ? तर विदेशीहरूले जहिले पनि पैसा, शिक्षा, रोजगार जस्ता प्रलोभन दिएर आफ्नो संघठन बढाउन र बलियो पार्न हाम्रो देशमा आएर राज गर्दै किल्ला गाड्न ढोँगी धर्मको प्रचार प्रसार गर्दै विदेशबाट जुट्नुको कारण के को लागि होला भनेर एकपल्ट निहालेर सोच्नुहोस् ? यसरी धर्म परिवर्तन गराउन मोटो रकम दिनुको तात्पर्य के हो त ? बुझ्ने प्रयेत्न गर्नु होस् I

  1. यो पवित्र हिन्दु राष्ट् भूमिमा धर्म ,संस्कृति र परम्परालाई अछुन्न रहन दिनुहोस र देश भित्रको गरिमाको रक्षा गर्नुहोस् हैन भने डलरमा आफूलाई तराजुको पल्लामा बसेर तौलिदै देशलाई घिनाउँने र विदेशी दलालको हातमा सुम्पिन धर्म परिवर्तनको आड लिँदै गौं हत्या तथा राष्ट्रका कुनै पनि चिजमा प्रश्न खडा हुँदा खुकुरीको धार भएर उभिनु होस प्रधानमन्त्री ज्यू हैन भने हरेक नेपालीले र मात्रृभूमिले धिकार्ने छन् र तपाइहरू कहिल्यै नउठ्ने गरी इतिहास मै कलंकित हुनुहुनेछ I
प्रतिक्रिया