अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५० | Colorodo: 15:05

भारत स्थित नेपाली दुतावासले प्रवासी नेपालीका समस्या बेवास्ता गर्ने गरेको आरोप

बिआरटीनेपाल २०७४ चैत ११ गते २२:४५ मा प्रकाशित

भारतको नयाँ दिल्ली स्थित नेपाली दुतावासले नेपालीहरुका समस्या वास्तै नगर्ने गरेको आरोप भारतमा रहेका विभिन्न सामाजिक सङ्गठन र राजनीतिक दलका भातृ संगठनहरुले लगाएका छन् ।

दुतावासले प्रवासी नेपालीका समस्या आफैंले बुझेर समाधान गर्नुपर्नेमा उल्टो दुतावास सम्म पुगेका समस्याकामा पनि वेवास्ता गर्दै आएको उनिहरुको आरोप छ ।

नेपाल पत्रकार महासङ्घ भारत शाखाले आइतबार राजधानी दिल्लीमा आयोजना गरेको प्रवासी नेपाली समस्या र समाधानमा सरकारको ध्यानाकर्षण विषयक कार्यक्रममा उनीहरूले भारतमा रहेका नेपालीहरुका समस्या थुप्रै रहेको भन्दै समाधानमा महासङ्घले भूमिका खेलिदिनु पर्ने बताएका हुन् ।

समारोहमा बोल्ने अधिकांश वक्ताहरूले नेपाल-भारतबिचको १९५० को सन्धि पुनरावलोकन हुनुपर्ने तर पुनरावलोकन नहुञ्जेलसम्म त्यस सन्धिमा उल्लेख भएका अनुसार अधिकारहरू नेपालीलाई प्राप्त हुनुपर्ने लगायतका मुद्दा उठाएका थिए । उनीहरुले भारतबाट नेपाल फोन गर्दा लाग्ने शुल्क घटाउन पहल गर्न समाचारका माध्यमले नेपाल सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका छन्। प्रवासी नेपालीका समस्या समाधानका लागि नेपाली राजदूतावासको ध्यानाकर्षण गर्न कार्यवाहक राजदूतलाई निमन्त्रणा दिइएपनि उपस्थित भने भएनन ।

दिल्लीका विभिन्न सङ्घ-संस्स्थाले प्रवासी नेपालीका समस्यामा राजदूतावासले जहिले पनि बेवास्ता गर्ने गरेको थप गुनासो पोखे । नेपाल पत्रकार महासङ्घ भारतका अध्यक्ष लोकेश शाहको अध्यक्षता र नेपाल पत्रकार महासङ्घ भारत शाखाका महासचिव गोविन्द पोखरेलद्वारा सञ्चालित कार्यक्रममा दिल्लीमा रहेका विभिन्न राजनीतिक दलका भातृ सङ्गठनका प्रतिनिधि र सामाजिक संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू