अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

राष्ट्रपति ट्रम्पले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइए

बिआरटीनेपाल २०७४ फागुन २९ गते ९:३६ मा प्रकाशित

वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले अमेरिकी कूटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा टिलरसनले गरेको कार्यका लागि धन्यवाद दिँदै उहाँको स्थानमा अमेरिकी केन्द्रीय गुप्तचर निकायका प्रमुख माइक पोम्पेओलाई नियुक्त गरिने ट्वीटर सन्देशमार्फत जानकारी गराउनुभएको छ ।

अमेरिकी इतिहासमा नै सिआइए प्रमुखको जिम्मेवारी गिना हास्पेललाई दिइएको राष्ट्रपति ट्रम्पले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँ अमेरिकी इतिहासमा सिआइए प्रमुखको जिम्मेवारी सम्हाल्ने पहिलो महिला हुनुहुनेभएको छ ।

“टिलर्सनको उत्तराधिकारीका रूपमा सिआइएका निर्देशक माइक पोम्पेओ छिट्टै अमेरिकी विदेशमन्त्री बन्नुहुनेछ । ”

टिलसरसनसँग काम गर्ने सिलसिलामा वैचारिक भिन्नता देखिएकोले उहाँलाई विदेशमन्त्री बनाइराख्न सम्भव नभएको अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीसँग बताउनुभयो ।

ट्रम्पले भन्नुभयो, “इरान आणविक सम्झौता मेरो विचार सकारात्मक छैन तर टिलरसनले यसलाई ठिक भन्नुहुन्छ । कि सम्झौता भङ्ग गर्नुपर्ने कि त अन्य केही समाधान सोच्नुपर्ने मेरो विचार हो । तर उहाँले केही फरक सोच्नुभयो । त्यसैले हामीले सहकार्य गर्न सकेनौ ।”

Photo Source: ABC11

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू