अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०५ | Colorodo: 08:20

कतारमा मकवानपुरे मिलन केन्द्रको सातौँ साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७४ फागुन २६ गते १७:५७ मा प्रकाशित

कतारमा मकवानपुरे मिलन केन्द्रको सातौँ साधारण सभा सम्पन्न भएको छ । नेपालको मकवानपुरबाट आएर कतारमा बस्दै आएका नेपालीहरूको संस्था मकवानपुरे मिलन केन्द्रको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । रमाइलो बनभोज कार्यक्रमका साथमा सम्पन्न भएको उक्त समारोहको सभापतित्व यसै संस्थाका अध्यक्ष मिलन ध्वज रानाले गरेका थिए । 

संस्थाको निबर्तमान अध्यक्ष सरोज पुडासैनीको स्वागत मन्तव्यबाट सुरुभएको उक्त भव्य समारोहमा एनआरएनका उपाध्यक्ष तथा कतारका नेपाली समुदायका बरीष्ट समाजसेवी सागर नेपाल प्रमुख अतिथि रहेका थिए । स्वागत मन्तव्यको क्रममा कतारमा रहेका सम्पूर्ण मकवानपुरेहरुलाई उक्त संस्थामा आबद्ध हुन अनुरोध गरिएको थियो । 

मकवानपुरलाई ३ नं प्रदेशको स्थाई राजाधानी बनाउन आजकै दिन देखि हस्ताक्षर सङ्कलन गरी कतार स्थित नेपाली राजदूतावासमा बुझाउने कुराको घोषणा गरेका थिए । यस महान् कार्यलाई विश्व भरी छरिएर रहेका सम्पूर्ण मकवानपुरेहरुलाई साथ र समर्थन गरिदिनका लागि अनुरोध गर्दै उक्त बनभोज तथा साधारण सभामा उपस्थित सबैलाई पुडासैनिले स्वागत गरेका थिए ।

संस्थाका सचिव युवराज थापाले सञ्चालन गरेको उक्त कार्यक्रमका विशेष अतिथिहरूमा प्रो। मोहम्मद रमजान अलि मिया र एनआरएनका महा सचिव बुद्धबल गुरुङ्ग रहेका थिए ।

कार्यक्रममा, मकवानपुरे कलाकारहरूबाट माग्ने बुढा, धुर्मुस तथा अन्य राजनैतिक नेताहरूको नक्कल गर्नुका साथै रोचक न्रित्यहरु प्रस्तुत गरिएको थियो । रोचक र सफल कार्यक्रम गरेकोमा कार्यक्रम स्थल अल- दोसरी पार्कका सञ्चालक र स्विडेन राजादुताबासका प्रतिनिधिहरूले आयोजक संस्थालाई बधाई दिएका थिए ।

सो, सातौँ साधारण सभाले नयाँ कार्य समिति चयन गराएको थियो । नयाँ कार्य समितिको अध्यक्षमा रमेश तिवारी, उपाध्यक्षमा कृष्ण रुम्बा, सचिवमा कृष्ण न्यौपाने, सहसचिबमा सुश्री सीमा गौतम, कोषाध्यक्षमा रामहरी भण्डारी, सदस्यहरूमा शेखर छेत्री, गौतम लामा, कृष्ण प्रसाद ढकाल, पुष्प मोख्तान, शान्ति गोले र राजेन्द्र कुमार अधिकारी रहेका छन् ।

सो अवसरमा कतारमा रहेर नेपाली समुदायलाई महत्त्वपूर्ण योगदान पुर्‍याएका केही विशिष्ट व्यक्तिहरूलाई दोसल्ला, खाता र कदरपत्रले सम्मान गरिएको थियो । सम्मानीत् व्यक्तिहरू बरीष्ट समाजसेवी सागर नेपाल, मानव अधिकारका लागि नेपालका प्रतिनिधि तथा समाजसेवी प्रो। मोहम्मद रमजान अलि मिया, आयोजक संस्थाका पूर्व अध्यक्ष तथा कातारका सफल व्यवसायी सरोज पुडासैनी, निबर्तमान अध्यक्ष मिलन ध्वज राना ,संस्थापक नारायण श्रेष्ठ, दिनेश थापा मगर, सुवास राई, एभरेस्ट युथका अध्यक्ष, व्यवसायी तथा समाजसेवी उत्तम गुरुङ्ग, कतारको सरकारी सेवामा रही नेपाल र नेपालीको शिर उच्च राख्न सफल मकवानपुरे दिनेश तिमल्सेना आदी थिए । 

नव निर्वाचित अध्यक्ष रमेश तिवारीले पुरानो कार्यसमितिलाई धन्यवाद व्यक्त गरे । सोही अवसरमा कतारमा सञ्चालित यस मकवानपुरे मिलन केन्द्रलाई आफ्नो गृह जिल्लामा दर्ता गरी बैङ्क खाता खोलेर विश्व भरी छरिएर रहेका मकवानपुरेहरुबाट रकम सङ्कलन गरिने योजना रहेको बताए । संकलित रकमबाट मकवानपुर बासीहरूका सहयोगका लागि खर्चिने योजना रहेको कुरा सगौरभ व्यक्त गरे ।

अन्तमा, आफ्नो कार्य व्यासथताका बाबजुद सहभागी भई समारोहलाई सफल पारिदिनु हुने उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू