अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१८ | Colorodo: 04:33

अहिले नै आशावादी बन्नु छिटो हुने दक्षिण कोरियाली राष्ट्रपति मुनको भनाई

बिआरटीनेपाल २०७४ फागुन २३ गते १७:५१ मा प्रकाशित

सोल, उत्तर कोरियाले अमेरिकालाई प्रस्ताव गरेको परमाणु अस्त्रसम्बन्धी छलफल अहिले नै गर्नु चाँडै हुने दक्षिण कोरियाली राष्ट्रपति मुन–जाय–इनले बताउनुभएको छ । यस विषयका अहिले नै आशावादी बन्नु अत्यन्त छिटो हुने दक्षिण कोरियाली राष्ट्रपति इनले बुधबार बताउनु भएको हो । ऐतिहासिक भ्रमणको रुपमा उत्तर कोरियाको प्योङयाङग पुग्नुभएका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूत फर्किनुभएपछि आफ्नो राजनीतिक नेताहरुसँगको छलफलका क्रममा उहाँले सो अभिव्यक्ति दिनु भएको हो ।

उत्तर कोरियाका नेता किम जोङ उनले हालैमात्र अमेरिकासँग परमाणुअस्त्र कार्यक्रम स्थगित गर्ने बारेमा वार्ताको आह्वान गर्नुभएको थियो । यसै विषयमा प्रतिक्रिया दिँदै राष्ट्रपति इनले भन्नुभयो – अहिले नै यस विषयमा आशावादी हुनु चाँडै हुनेछ । उत्तर कोरियाका नेता किम जोङ उन र राष्ट्रपति मुनका विशेषदूत बीच भेटवार्ता भएको थियो ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूतका रूपमा सोमबार उत्तर कोरिया पुग्नु भएका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख युइ–योङले उत्तर कोरियाली नेता किम जोङ उनसँग सोमबार साँझ भेटवार्ता भएको थियो । पछिल्लो समयमा केही सुधार आएको सम्बन्धलाई उच्चस्तरीय बैठकसम्म पु¥याउने प्रयासस्वरुप दक्षिण कोरियाली राष्ट्रपतिले सोमबार आफ्ना विशेषदूतलाई उत्तर कोरिया पठाउनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू