अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

कांग्रेसका समानुपातिक सांसद : सुजातादेखि विनोद चौधरीसम्म

बिआरटीनेपाल २०७४ माघ २८ गते १८:३५ मा प्रकाशित

नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधी सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार समानुपातिक सांसदको नामावलीलाई अन्तिम रुप दिएर सोमबार (भोलि) निर्वाचन आयोगमा बुझाइने नागरिक दैनिकमा समाचार छ ।

को को छन् समानुपातिक सूचीमा ?

खस/आर्य (पुरुष) : बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे

आदिवासी जनजाति : बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा

दलित : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,

मधेसी : विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय

महिला (खस/आर्य) : सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा

महिला (जनजाति) : ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन

महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली

महिला (मधेसी) : सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा

थारू : पद्यमनारायण चौधरी

मुस्लिम : अतहर कमल मुसलमान

पिछडिएको क्षेत्र : जयपति रोकाय

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू