अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३८ | Colorodo: 08:53

भेनेजुयली आप्रबासीलाई ब्राजिलले जागिर दिने

बिआरटीनेपाल २०७४ माघ २७ गते ३:२८ मा प्रकाशित

ब्राजिलका न्याय मन्त्री टोरक्वाटो जार्डीमले भेनेजुयलाबाट ब्राजिलमा आएकाहरुलाई रोजगारी दिने घोषणा बिहीबार गर्नुभएको छ ।  उहाँले ब्राजिलको उत्तरी क्षेत्रबाट सिमा पार गरेर आउनेहरूलाई लक्षित गरेर रोजगारीको घोषणा गरिएको बताउनु भएको हो ।

भेनेजुयलासँगको सिमानामा पर्ने रोराइमा राज्यको राजधानी बोआको भ्रमणका क्रममा मन्त्री जार्डीमले यस्तो घोषणा गर्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गत केही महिना अगाडी प्राप्त तथ्यांक अनुसार आफ्नो देश भेनेजुयलामा रोजगारी नपाएको र गरिबी भएकाले ब्राजिलमा आएका आप्रवासीहरु धेरै रहेका छन् ।

भेनेजुयलाका झण्डै ४० हजार नागरिक ब्राजिलको विभिन्न सहरमा बस्ने गरेका विश्वास गरिएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू