अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

सरुवा रोगका कारण चीनमा एकै महिनामा २२ सय जनाको मृत्यु

बिआरटीनेपाल २०७४ माघ १५ गते २३:५० मा प्रकाशित

चीनमा सन् २०१७ को डिसेम्बर महिनामा मात्रै सरुवा रोगका कारण करिब दुई हजार २०० जनाको मृत्यु भएको छ । राष्ट्रिय स्वास्थ्य र परिवार नियोजन आयोगले दिएको जानकारी अनुसार मुख्य ठाँउहरूमा डिसेम्बरमा मात्रै सरुवा रोगबाट छ लाख ९९ हजार ८५० जना प्रभावित भएका थिए ।

हैजा लगायत विभिन्न किसिमका महामारीलाई चीनमा ‘ए’ वर्गको सरुवा रोगको रूपमा वर्गीकरण गरिएको छ । प्रभावितमध्ये दुई लाख ९४ हजार ३९७ जनालाई लागेको रोगलाई ‘बी’ वर्गमा वर्गीकरण गरिएको थियो । त्यसमध्ये दुई हजार १८७ जनाको मृत्यु भएको छ ।

विरामीमध्ये भाइरल हेपाटाइटिस, क्षयरोग, उच्च ज्वरो, यौनरोग लगायतका समस्या ९३ प्रतिशत विरामीमा देखिएको थियो ।

‘सी’ वर्गमा राखिएका रोगहरूका कारण उक्त अवधिमा १० जनाको मात्रै मृत्यु भएको छ । यस अन्तर्गत झाडापखाला, ‘इन्फ्ल्युन्जा’, खुट्टा र मुखमा हुने विभिन्न रोगहरू रहेको अधिकारीले जनाएका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू