अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५९ | Colorodo: 09:14

‘तारा बाजी लै लै’ मार्फत आफ्नो बाल्यकाल सम्झदै गायिका जुना प्रसाई (भिडियो)

बिआरटीनेपाल २०७४ माघ १३ गते २:१९ मा प्रकाशित

चर्चित गायिका जुना प्रसाईले आफ्नो नयाँ गीत तारा बाजी लै लै लिएर आएकी छिन् । हरेक ब्यक्तिले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले पना र पिर ब्यथा बिना बाँचेको जीवनको सजिव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा हेर्न र देख्न सकिन्छ । गायिका जुनाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत लोक आधुनिकको मिक्स फ्युजन भएका कारण यो सबैको मन मस्तिष्कमा बस्न सफल हुने उनको विश्वास छ ।

नदेखेको भए हुन्थ्यो तिमीलाईकी गायिका जुनाले पप, आधुनिक र पूर्वेली लोक गीत गरी सयौँ गीतमा स्वर भरिसकेकी छिन् । सार्वजनिक गीत ताराबाजी लै लैमा जुनाको कलात्मक गायकी सँगसँगै दीपक शर्माको जादुमयी संगीत र रचनात्मक शब्दले सजिएको छ । युवराज वाईवाको निर्देशन रहेको भिडियोमा केशव भट्राई, रश्मी भट्ट, अभिज्ञा प्रसाई,एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय रहेको छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सब दाहालले छायांकन गरेका हुन् । जसको एरेनज उदयराज पौडेलले गरेका हुन् ।

प्रतिक्रिया