अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

काबुलको होटल आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ४० पुग्यो

बिआरटीनेपाल २०७४ माघ ११ गते ५:१८ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा गत आइतबार भएको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ४० पुगेको स्थानीय अधिकारीले जनाएका छ ।

यस दुर्घटनामा मारिएका व्यक्तिको प्राप्त पछिल्लो जानकारीअनुसार यो सङ्ख्या ४० पुगेको बिहीबार अधिकारीहरुले बताएका छन ।

अधिकारीहरुले दिएको सुरुको सङ्ख्या भन्दा यो दुुइगुना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबार राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलममा भएको आक्रमणमा परी २५ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिद मजरोहले एएएफपी समाचार समितिलाई बताउनु भएको थियो ।

यस आक्रमणको जिम्मा तालिबान आतङ्ककारी समूहले लिएका थिए । पाँच आतङ्ककारी होटेलभित्र प्रवेशगरी अफगान र विदेशी अधिकारी लक्षित आक्रमण गरेको बताइएको थियो । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू