अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

६५ वर्षमै बृद्ध भत्ता दिने सरकारकाे निर्णय

बिआरटीनेपाल २०७४ माघ १० गते १८:५८ मा प्रकाशित

सरकारले वृद्ध भत्ता ६५ वर्षको उमेरमै दिने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले यसअघि ७० वर्षपछि दिइदै आएको भत्तालाई ५ वर्ष कम गराएको हो ।

त्यस्तै सरकारले भूकम्प र बाढीपहिरो पीडितलाई दिने राहतमा एक लाख रुपैयाँ थप गरेको जानकारी सिंचाइमन्त्री सञ्जय गौतमले दिए ।

साथै सरकारले भूकम्पपीडितलाई पाउने किस्ता रकमको समयावधि थप्ने निर्णय समेत गरेको छ ।
यसअघि भूकम्पपीडितलाई ३ लाख रुपैयाँ दिने निर्णय भइसकेको छ ।
यसैबीच, शहरीविकास मन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले विभिन्न १५ नगर विकास समिति अध्यक्षमा आफ्नो पार्टीका कार्यकर्तालाई नियुक्ति दिने विवादास्पद निर्णय समेत गरेका छन् । आजको कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू