अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प

बिआरटीनेपाल २०७४ माघ ९ गते २:५७ मा प्रकाशित

 इन्डोनेसियाको राजधानी जाकार्तामा मङ्गलबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । मङ्गलबार बिहानको सो भूकम्पपछि ठूला भवन र कार्यालयहरुबाट नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

भूकम्पपछि प्रायः सुनामीको खतरा रहने गरेको यस देशमा हालसम्म सुनामीको चेतावनी भने दिइएको छैन ।

यहाँका नागरिक अहिले घरबाहिर र सडकमा बसिरहेका छन् । जाकार्ताका सरकारी कार्यालय भवनहरु पनि मङ्गलबार खाली रहेका बताइएको छ ।

यस समाचारको विस्तृत विवरण प्राप्त भएको छैन । भूकम्पबाट मानवीय तथा भौतिक सम्पत्ति क्षतिको भने कुनै समाचार प्राप्त नभएको जनाइएको छ ।

यस भूकम्पको केन्द्रविन्दु जाभा द्वीपको बानटेन प्रान्तबाट ८१ किलोमिटर दक्षिण पश्चिममा १० किलामिटर गहिराईमा रहेको इन्डोनेसियाली भू–गर्भ विभागले जानकारी दिएको छ ।

इन्डोनेसिया विश्वको अन्य भूगोलको तुलनामा भूकम्पको प्रकोपले बारम्बार सताउने देशमा पर्छ ।

बिहानको सो भूकम्पपछि ठूलो सङ्ख्यामा सेना र प्रहरी परिचालन गरिएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ठूलो क्षतिको अनुमान गरेका पनि प्राप्त समाचारहरुमा जनाइएको छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू