अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

एनआरएनए द्वारा अफ्रिकाका सुस्त सुस्त मनस्थितिका विद्यार्थीहरूलाई सहयोग

बिआरटीनेपाल २०७४ माघ ६ गते २२:२६ मा प्रकाशित

लेगोस , नाइजेरिया । गैर आवासीय नेपाली सङ्घ नाइजेरिया द्वारा आज लेगोसको याबा स्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रीटमेन्ट होम स्कुलमा सङ्घका तर्फ बाट विद्यार्थीहरूलाई खाधान्न लत्ता कपडा लगायतका सामाग्रीहरू एक विशेष कार्यक्रम बिच स्कुलका प्रिन्सिपल म्याडम रबियुलाई हस्तान्तरण गरिएको छ ।
सङ्घले गत तिहारमा देउसी खेली सङ्कलन गरेको रकम कर्मदेशमा परोपकारी कार्यमा पहिलो चोटि सहयोग प्रदान गरेको हो । कार्यक्रममा सङ्घका अन्तर्राष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापा ,नाइजेरिया अध्यक्ष जनक विष्ट ,आइसिसी सदस्य चिरञ्जीवी रोका ,महिला उप संयोजक मन थापा ,उपाध्यक्षहरू उर्मिला रोका र विश्वास पौडेल , महासचिव रोशन थापा ,कोषाध्यक्ष रोहित भाङ्गर , महिला संयोजक अन्जु पौडेल ,सदस्यहरू दुर्गा बिस्ट ,आशा सरकार लगायतको उपस्थिति रहेको थियो ।

सन १९६० मा स्थापित उक्त स्कुलमा ४५० जना सुस्त मनस्थितिका विद्यार्थी हरू आवासीय रूपमा अध्ययनरत छन् l 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू