अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

गायक हिमाल सागरको ‘काली भन्या छैन’मा पुष्प-भावनाको रोमान्स (भिडियो)

बिआरटीनेपाल २०७४ माघ ६ गते ८:३७ मा प्रकाशित

काली भन्या छैन मैले….’ गीत सार्वजनिक भएको छ । मोडल पुष्प खड्का र भावना राईलाई फिचरिङ् गरिएको काली भन्या छैन मैले गीतको भिडियो सार्वजनिक भएको हो ।

हिमाल सागरले गाएको गीतको भिडियोमा मानिसले कतिपय अवस्थामा जानेर या नजानेर पनि गल्ती गर्ने गरेका हुन्छन् । यस्ता गल्तीहरु मान्छेले मान्छेलाई गर्ने सम्बोधनमा पनि हुने गरेका हुन्छन् । त्यस्तो सम्बोधनमा अर्को व्यक्तिले चासो लिएन भने त ठिकै हो तर अर्को व्यक्ति रिसाई दियो भने चाहीँ खुलेर स्पष्टीकरण नदिई सुखै पाईंदैन । यस्तै एउटा बाध्यताको सामना गरेको देखाउँन खोजिएको छ ।

व्यस्त गायक तथा सङगीतकार ताराबीर पाण्डेको सङ्गीत तथा सर्जक दिलीप घिमिरेको शब्दमा तयार गरिएको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युवबाट सार्वजनिक भएको छ । गीतको एरेञ्ज बिनोद रसाईंलीले गरेका हुन् ।

जनकराज अधिकारीको छायाँकनमा राघव आचार्यले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका हुन् । अडियोको रेकर्डिङ सहित भिडियोको बजार व्यवस्थापन स्डुडियो यमनले गरेको छ ।

 

प्रतिक्रिया