अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

काजकिस्तान सडकमा गुडिरहेको बसमा आगलागी: ५२ को मृत्यु

बिआरटीनेपाल २०७४ माघ ४ गते ५:३४ मा प्रकाशित

उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ । यात्रामा गुडिरहेको सो बसमा आगलागी भएको सङ्कटकालीन सेवा मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जानकारी दिएको छ । 

बिहीबार बिहान १०ः३० बजे भएको यस दुर्घटनामा दुई जना बस चालकसहित ५५ जना यात्रु सवार रहेका जनाइएको छ ।
पाँच व्यक्तिलाई भने उपचारार्थ अस्पताल लगिएको र त्यसमा पनि दुईको मृत्यु  भएपछि सो सङ्ख्या ५५ पुगेको बताइएको छ ।

मन्त्रालयले यस लागलागीको कारण भने खुलाएको छैन । यस समाचारको प्रारम्भिक सूचना मात्र प्राप्त भएको बताइएको छ ।

प्रहरीले बिहीबार साँझ सम्ममा मात्र उक्त दुर्घटनाको विस्तृत विवरण दिइने जानकारी दिएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू