अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३३ | Colorodo: 16:48

‘मुस्लीम ब्रदरउड समुह’लाई सहयोग गरेको अभियोगमा १९ जना विद्यार्थीलाई पाँच बर्ष जेल सजाय

बिआरटीनेपाल २०७४ माघ २ गते २:५२ मा प्रकाशित

मुस्लीम ब्रदरउड समुहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ । इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आईतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ ।

अल अजार विश्वविद्यालय भने अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित र अहिले प्रतिबन्धित विश्वविद्यालय हो ।

यस्तै मुद्धामा गिजा अपराध अदालतले पनि तीन बर्ष जेल सजाँयको फैसला सुनाएको थियो ।

पुनरावेदन अदालतको सन् २०१५ को फैसलालाई सदर गर्दै अन्तिम फैसला गरिएको हो ।  पुर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्त गरिएको थियो । उहाँको समर्थनमा आम प्रदर्शन गरिएको थियो ।

नेता मोर्सीको पक्षमा रहेको ब्रदरउड समुहलाई आतङ्कबादी समूहको रुपमा प्रतिबन्ध समेत गरिएको थियो ।  प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी सयौको मृत्यु भएको थियो भने हजारौ गिरफ्तार भएका थिए । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू