अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०८ | Colorodo: 00:23

अफगानिस्तानको सुरक्षा कारबाहीमा २३ विद्रोही मारिए

बिआरटीनेपाल २०७४ पुष २७ गते २३:०२ मा प्रकाशित

अफगानिस्तानको नानगाहार प्रान्तमा बुधबार राती भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २३ जना विद्रोही मारिएका छन् । भिडन्तका क्रममा सुरक्षाकर्मीहरुले अन्य १४ जनालाई पक्राउ समेत गरेको प्रान्तीय सरकारले बिहीबार जानकारी दिएको छ ।

तालीवान लडाकूहरूको अखडा मानिने सुर्दोङमा बुधबार राती सुरक्षाकर्मीहरूले विषेश सुरक्षा कारबाही चलाएका थिए, त्यस क्रममा २३ जना लडाकूहरु मारिएका छन् भने १४ जनामा पक्राउ परेका छन्, प्रान्तीय सरकारले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मरिएका मध्ये क्वारी इदयतुल्लाह, खालिद, क्वारी खालिद र इस्माइल गरी चार जना विभागीय कमाण्डर समेत रहेका छन् ।
सुरक्षाकर्मीहरुले तीन ओटा ठुला सवारी साधन, चार ओटा मोटरसाईकल, केही विस्फोटक पदार्थ र हातहतियारहरु समेत नियन्त्रणमा लिएको छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू