अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

मध्य अमेरिकी राष्ट्र होन्डुरसमा ७.६ म्यागनिच्यूडको भूकम्प, सुनामी आउन सक्ने चेतावनी

बिआरटीनेपाल २०७४ पुष २६ गते १८:२१ मा प्रकाशित

मध्य अमेरिकी राष्ट्र होन्डुरसमा ७.६ म्यागनिच्यूडको भूकम्प गएको छ । हेन्डुरसको स्वान टापुमा केन्द्रविन्दु भएर स्थानीय समय अनुसार मंगलबार राति ९ : ३९ मा भूकम्प गएको अमेरिकाको भौगर्विक सर्वेक्षण संस्था (यूएसजीएस)लाई उद्धृत गर्दै चिनियाँ टेलिभिजन सिजिटिएनले जनाएको छ ।

भूकम्पका सुनामी आउन सक्ने भन्दै चेतावनी दिइएको छ ।  होन्डुरसको राजधानी तेगुसिगाल्पामा पनि भूकम्पको ठूलो धक्का महसुस गरिएको हालसम्म मानवीय क्षतिको विवरण नआएको सिजीटीएनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू