अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

युरोपमा पुर्याइ अलपत्र पार्ने तीन पक्राउ

बिआरटीनेपाल २०७४ पुष २६ गते १७:०२ मा प्रकाशित

युरोपेली मुलुकमा आकर्षक तलबको प्रलोभनमा पारी ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले स्याङ्जा घर भई हाल कास्की पोखरा, पृथ्वीचोक बस्ने चिन्ताराम गिरी, स्याङ्जा चापकोट नपा–४ घर भई हाल पोखरा बस्ने प्रदीप गिरी र झापा गौरादह नपा– ४ बस्ने ज्ञानेन्द्र अधिकारीलाई पक्राउ गरेको हो ।

उनीहरूले वैदेशिक रोजगारीमा पठाउने भनी राहदानीमा नक्कली प्रवेशाज्ञा लगाई प्रतिव्यक्ति रु आठ लाख ५० हजार लिएर टर्कीमा पु¥याइ दुई महिनासम्म श्रमशोषण गरी अलपत्र पारेका थिए ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले हालसम्म आठ जना पीडित व्यक्ति ब्यूरोको सम्पर्कमा आएको र अरू व्यक्ति पनि पीडित भएको हुनसक्नेबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

पक्राउ परेकालाई काठमाडौँ जिल्ला अदालतको आदेशले म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको ब्यूरोले जनाएको छ । निजलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ३ र ४ को कसुरमा दफा १५ (१) (क) अनुसार मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र रु दुई लाखसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ । रासस फोटो: गुगल सर्च

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू