अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०५ | Colorodo: 04:20

सन् २०१७ मा चीनमा अश्लील दृष्यका १०,३०० घटना

बिआरटीनेपाल २०७४ पुष २५ गते ११:१६ मा प्रकाशित

बेइजिङ,चीनमा गत बर्षभरि अर्थात् सन् २०१७ मा अश्लील सामग्री सम्बन्धी १० हजार ३०० घटना भएका छन् । अश्लील सामग्री प्रदर्शन तथा अवैध प्रकाशन विरुद्धको कार्यालयले सोमबार सार्वजनिक गरेको विवरणमा यस्तो तथ्याङ्क देखिएको हो ।

यस्ता गतिविधिमा संलग्न भएको अभियोगमा एक लाख २८ हजार वेबसाइट बन्द गरिएको छ भने प्रकाशित करोडौँ सामग्रीहरू मेटाइएकोे छ ।

यसअवधिमा कार्यालयमा आम नागरिकको तर्फबाट एक लाख २१ हजार उजुरी परेका थिए ।  कार्यालयले सार्वजनिक सुरक्षा र प्रतिलिपि अधिकार सम्बन्धी एक सय ४७ मुख्य घटनाबारे पनि कारबाही चलाएको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू