अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५३ | Colorodo: 23:08

गायक रञ्जित लामाको ‘आउन माया आउ’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ पुष २४ गते ०:४० मा प्रकाशित

लोकप्रिय गायक रञ्जित लामाको ‘आउन माया आउ’ बोलको गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक भएको छ । विगत पाँच वर्ष संगीत क्षेत्रमा सक्रिय गायक लामा देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रमहरुमा आफ्नो गायन कला देखाइसकेका छन् । संगीतको औपचारिक शिक्षा लिएका लामा नेपाली पप संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

प्रारम्भ भाग–३ मा संग्रहित यस गीतमा सञ्जिव सिंहको शब्द संगीत रहेको छ भने सुदिप सिंहको एरेन्ज रहेको छ ।

सार्वजनिक भएको म्युजिक भिडियोमा धनजित लामा र प्रिया लिम्बुको अभिनय रहेको छ । रायन काकीको निर्देशन रहेको भिडियोलाई प्रेम लामाले छायांकन गरेका छन् भने प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू