अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 18:10

यस्तो छ डेढ करोडको ‘तीनकुने पार्क’को हविगत

बिआरटीनेपाल २०७४ पुष १८ गते १८:५४ मा प्रकाशित

खाली जमिनको तीनतिरै फराकिलो सडक छन् । सडक किनारमा साँघुँरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ। सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ ।  धुलाम्य जमिनमा कतै भारतीय नम्बर प्लेट भएका ठूला मालवाहक ट्रक रोकिएका छन् त कैत रात्रि बस। ट्रयाक्सी टिपर, टाटा मोबाईल सबैको पार्किङस्थल पनि यही हो । बचेको ठाउँमा गाडी र मोटरसाईकल सिक्ने पनि भेटिन्छन्। यो हो काठमाडौंको कोटेश्वरस्थित तीनकुने। 

यसलाई ‘तीनकुने पार्क’ ‘आधुनिक बगैँचा’, ‘तीनकुने शान्ति मण्डला’, अनेक नाम दिईएको छ । तर, यो एउटा यस्तो पार्क, बगैँचा र मण्डला हो जहाँ तपाईँले न एउटा फुल भेटाउनुहुन्छ न रुख नै।  अहिलेसम्म तिनकुनेलाई लिएर धेरै योजना बने, तर एउटै पनि कार्यान्वयन भएन।

बितेको तीन वर्षमा तीनकुनेमा पार्क, बगैँचा र मण्डला बनाउने नाममा करिब डेढ करोड रुपैयाँ खर्च भएको छ।  अहिले देखाउन मिल्ने केहि छैन।

तीनकुने ब्राह्रमण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै भएको छ, प्रत्येक वर्ष लाखौँ रुपैयाँ निल्छ तर कहाँ जान्छ र के बन्छ केही देखिँदैन।यो खबर सुरेन्द्र पौडेलले आजको नागरिकमा लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू