अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०२ | Colorodo: 00:17

कामै नगरी वार्षिक २ अर्ब भत्ता खान्छन् १० हजार कर्मचारी !

बिआरटीनेपाल २०७४ पुष १३ गते १९:१६ मा प्रकाशित

सुन्दा अचम्म लाग्न सक्छ, निजामति कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन् । सरकारले केही बर्षदेखि निजामति कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ । 

यही रकमले किनेको पोसाक लगाएर अफिस जाने राष्ट्रपति कार्यालयका कर्मचारीले यस्तै प्रोत्साहन भत्ता पाइरहेका छन् ।

राष्ट्रपति कार्यालय एउटा उदाहरणमात्र हो, विशेष कामका नाममा प्रोत्साहन भत्ता खाने मन्त्रालय र कार्यालय मुलुकभरमा २६ वटा छन् ।

प्रभावशाली मन्त्रालय वा कार्यालयले सरकारलाई दबाब दिएर बर्षौदेखि विशेष कामका नाममा कामै नगरी प्रोत्साहन भत्ता खाइरहेका छन् ।

यसका लागि राज्यले वार्षिक २ अर्ब रुपैयाँ व्यायभार बोक्नुपरेको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू