अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१६ | Colorodo: 16:31

केकी अधिकारी र राजाराम पौडेलको ‘ठेकीमा दहि’ दर्शकको अत्याधिक रोजाईमा

बिआरटीनेपाल २०७४ पुष १३ गते ३:४२ मा प्रकाशित

गत डिसेम्बर १ मा युट्युब मार्फत सार्वजनिक भएको ‘ठेकीमा दहि’ बोलको गीतलाई दर्शकले रुचाएका छन् । फिल्म ‘हुर्रे’ मा समावेश यस गीतलाई युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको छ ।

कमेडी शैलीको डान्सीङ नम्बर भएकै कारण गीतलाई रुचाइएको निर्माण पक्षको भनाइ छ । गीतमा फिल्मका तीन मुख्य पात्र केकी अधिकारी , राजाराम पौडेल र अंकित खड्का फिचरीङ छन् । गीतमा केकीले राजाराम र अंकितसंग कम्मर मर्कायेकी छिन । बौद्धमा रहेको स्तुपा वरपर खिचिएको गीतलाई बिक्रम स्वारले निर्देशन गरेका हुन् ।

फिल्मको सार्वजनिक ‘ठेकीमा दहि’ बोलको गीतमा राजनराज शिवाकोटी र मिलन आमात्यको स्वर छ । राजेन्द्र थापाको शब्दमा राजनराजले संगीत भरेका छन् । राजन इशानको एरेञ्ज छ । यम थापाको लेखन निर्देशनमा बनेको कमेडी जनराको फिल्मलाई फागुन २५ मा प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम छ । दावा शेर्पा, सोनम लामा, छिरिङ दोर्जेको निर्माणमा बनेको फिल्मलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

प्रतिक्रिया