अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०७ | Colorodo: 03:22

विश्वभर क्रिसमस पर्व मनाइँदै

वासिङटन, (रासस/सिन्ह्वा) २०७४ पुष ९ गते २३:५३ मा प्रकाशित

विश्वका विभिन्न देशहरूमा आज क्रिसमस पर्व मनाइँदै छ । इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसर पारेर आजका दिनलाई इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउने गर्दछन् ।यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई लिएर यस पर्वको पूर्वसन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ । कतिपय देशहरूले क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ सुरक्षा व्यवस्था लागू गरेको जनाएका छन् ।

यो पर्व मनाउने क्रममा विशेषगरी मुस्लिम देशमाहरुमा इस्लामिक अतिवादीहरुले क्रिस्मसको समयमा गर्नसक्ने हिंसालाई मध्यनजरगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरूले जनाएका छन् ।

क्रिस्मस पर्व मनाउनका लागि निर्माण गरिएका केन्द्रहरु, चर्च तथा नयाँ वर्षको पूर्व सन्ध्यामा समारोहहरु आयोजना गर्ने गरिएका सार्वजनिक स्थलहरु, होटेल रेस्टुरेन्ट, सपिङ मलहरु आदिमा निगरानी गर्नेगरी सुरक्षा बढाइएको छ ।

अमेरिकाका पनि विभिन्न स्थानमा क्रिस्मसको पूर्व सन्ध्यामा आयोजित क्रिस्मसका भोज एवम् सांस्कृतिक कार्यक्रमहरूमा बन्दुक हमला हुने त्रासले कडा सुरक्षा व्यवस्था अपनाइएको छ ।

क्रिस्मस सप्ताहका लागि विश्वका क्रिश्चियन धर्मावलम्बीहरु बढी भएका देशमा सार्वजनिक विदाहरु सुरु भएका छन् । जसअनुसार ती बिदाका क्रममा नागरिकहरुमाथि आइएसबाट सुरक्षा खतरा हुन सक्ने अनुमान प्रहरीले गरेको बताइएको थियो ।

सन् २०१६ को यस्तै क्रिस्मस समारोहमा भएको बन्दुक हमलामा परी ११ जना नागरिकको ज्यान गएको थियो । साथै त्यसमा परी ५९ जना नराम्ररी घाइते भएका थिए ।

यस पटक भने सो समारोहलाई लक्ष्यगरी सुरक्षा व्यवस्था कडा बनाइएको अधिकारीहरुको भनाई छ । इस्लामिक स्टेट एवम् अन्य अतिवादीहरुका कारण हुनसक्ने सुरक्षा खतरालाई मध्यनजर गरेर यो व्यवस्था गरिएको हो ।

पछिल्ला केही वर्षहरूमा युरोपका देशमा पनि आतङ्ककारी हमला बढ्ने गरेका छन् । जसका कारण ती देशमा असुरक्षा बढेको पाइएको छ । इस्लामिक अतिवादी समूह आइएसले ती देशमा हमला गर्ने गरेको जनाएको छ । सोही कारण पनि क्रिस्मसको पूर्व सन्ध्यामा युरोपका देशहरूमा पनि सुरक्षा प्रबन्ध मिलाइएका समाचारहरु प्राप्त भएका छन् ।

फोटो: राजेन्द्र सिग्देल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू