अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५२ | Colorodo: 18:07

नेपालीले मन पराए सलमान र कट्रिनाको जोडी

टाइगर जिन्दा हे हेरे पछि यस्तो छ दर्शकको प्रतिक्रिया

सन्दिप खत्री २०७४ पुष ९ गते ११:११ मा प्रकाशित

क्रिसमस तथा नयाँ वर्षको अवसर पारेर रिलिज भएको सलमान खान अभिनीत चलचित्र ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाएको छ ।

फिल्मको पहिलो दिनको कमाई सुनेर तपाईँ अचम्म पर्न सक्नुहुन्छ । यो यसकारण कि सन् २०१७ मा सलमान खानको यस फिल्मले कमाए जति कुनै पनि फिल्मले पहिलो दिन कमाएको छैन । मिडिया रिपोर्ट्सका अनुसार चलचित्रले पहिलो दिन नै झन्डै ३८ करोड भारतीय रुपैयाँ कमाएको छ ।

यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक थाहा टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर खानको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो । ‘एक थाहा टाइग’ ७५ करोडको बजेटमा निर्माण भएको थियो भने चलचित्रले झन्डै ३२० करोड कमाएको थियो ।

सलमान खानको पारिश्रमिकलाई छोडेर ‘टाइगर जिन्दा हे’ को बजेट १५० करोड भएको बताइन्छ । अलि अब्बास जफरको निर्देशन रहेको यस चलचित्रमा कटरिना कैफले सलमानको को–स्टारको रूपमा अभिनय गरेकी छिन् । चलचित्रमा उनले एक पाकिस्तानी आइएस एजेन्टको भूमिका निर्वाह गरेकी छिन् ।

फिल्म एकदमै राम्रो बनेको भन्दै यसरी दर्शकहरूले प्रतिक्रिया दिएका छन्।

भिडियो

सम्बन्धित सामग्रीहरू