अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५० | Colorodo: 17:05

बंगलादेशको डेन्टल कलेजमा अध्ययनरत नेपाली छात्राले गरिन् आत्महत्या

बिआरटीनेपाल २०७४ पुष ५ गते ६:०६ मा प्रकाशित

बंगलादेशको राजधानी ढाकामा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । राजधानि ढाका स्थित पायोनियर डेन्टल कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा विनिशा शाहले मंगलबार आफु बस्दै आएको होस्टेलको कोठाभित्रै गलामा पासो लगाएर आत्महत्या गरेकी हुन् ।

वेनिशासँगै कोठामा बस्ने रोक्साका अनुसार वेनिशा परीक्षा सकिनुभन्दा आधा घन्टाअगाडि परीक्षा हलबाट निस्केकी थिइन्। ‘जब म होस्टालमा फर्केँ ढोकामा चुकुल लगाइएको थियो,’ रोक्साले भनिन्, ‘जति पटक ढोका ढकढक्याए पनि नखोलेपछि अर्को साँचोले ढोका खोलेँ। भित्र उनी झुन्डिएको देखेपछि अन्यत्र खबर गरेँ।’ रोक्साका अनुसार वेनिशा तीन दिनपछि नेपाल जाने योजनामा थिइन्। ‘करिब पाँच महिनापछि उनी आफ्न आमाबुबालाई भेट्न जाँदै थिइन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू