अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५२ | Colorodo: 22:07

फिलिपिन्समा भीषण आँधी-पहिरो:  २६ को मृत्यु ,४६ बेपत्ता

बिआरटीनेपाल २०७४ पुष ३ गते ३:४९ मा प्रकाशित

 फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधी र पहिरोका कारण कम्तीमा २६ व्यक्तिको मृत्यु भएको छ ।  यस प्राकृतिक प्रकोपका कारण अरु कम्तीमा पनि ४६ जना नागरिक हराइरहेका सरकारका प्रवक्ताले सोमबार जानकारी दिएका छन् ।


यस काइ–ताक नामक तथा त्यसलगत्तैको भीषण पहिरोका कारण कम्तीमा १७ व्यक्तिको मृत्यु भएको राष्ट्रिय प्रकोप नियन्त्रण विभागका अधिकारीहरुले जानकारी दिएका छन् ।

बिलिरन, लेएटे पूर्वी समार र समार प्रान्त पहिरोबाट प्रभावित भएको बताइएको छ । भीषण आँधी र पहिरोको कारण ४६ व्यक्ति बेपत्ता भएका छन् ।

बेपत्ता भएका व्यक्तिहरु फिलिपिन्सको मध्य प्रान्त रोमब्लोनका रहेका जनाइएको छ । फिलिपिन्सका केही प्रान्तहरुमा गत शनिबारबाट शुरु भएको बर्षापछि बाढी र पहिरोले सताएको हो ।

शनिबारबाट सुरु भएको यस आँधीको कारण कैयौँ उडानहरु र डुङ्गाबाट गरिने यात्रा पनि अवरुद्ध भएका छन् । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू