अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१० | Colorodo: 10:25

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

रासस, काठमाडौँ २०७४ मंसिर २७ गते १२:०७ मा प्रकाशित

ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ ।

टिमले आज होटेल अन्नपूर्णमा पत्रकार सम्मेलन गरी टोलीको घोषणा गरेको हो ।

टोलीको प्रशिक्षक राजु बस्नेत, कप्तान ज्ञानेन्द्र मल्ल, खेलाडीहरू मेगुब आलम, सन्दिप लामिछाने, सोनु तामाङ, ललितराज वंशी, सन्दीप जोरा, शङ्कर राना, पवन सर्फ, कुशल भुर्तेल, राजवीर सिंह र रसिद खान हुनुहुन्छ ।

उक्त टिमले भारतका तीन खेलाडीलाई समेत खेल्नका लागि आमन्त्रण गरेको छ । आमन्त्रण गरिएका खेलाडीमा अनिल कुमार कोल्शवाला, योगेश नगर र सुवोधकुमार भाटी रहेका छन् ।

पुस ३ देखि ११ दिनसम्म चल्ने लिगमा नेपालका छ टिमको सहभागिता रहनेछ । यसमा काठमाडौँ किंग्स इलाभेन, चितवन टाइगर्स, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्याडियर्स रहेका छन् । खेलको विजेताले रु २१ लाख, पदक र प्रमाणपत्र पाउनेछ ।

सम्बन्धित सामग्रीहरू