अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५३ | Colorodo: 18:08

हालसम्म १५७ सिटको नतिजा सार्वजनिक

नेकपा एमाले ७७, नेकपा (माओवादी केन्द्र) ३४, नेपाली काँग्रेस २१, राजपा नेपाल १२, सङ्घीय समाजवादी फोरम १०

रासस, काठमाडौँ २०७४ मंसिर २६ गते २:२३ मा प्रकाशित

प्रतिनिधिसभा तथा प्रदेशसभाको मङ्सिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधिसभाका १६५ सिटमध्ये हालसम्म १५७ सिटको नतिजा सार्वजनिक भएको छ ।

प्राप्त मत परिणामअनुसार नेकपा (एमाले) ७७, नेकपा (माओवादी केन्द्र)ले ३४, नेपाली काँग्रेसले २१, राजपा नेपालले १२, सङ्घीय समाजवादी फोरमले १० सिट प्राप्त गरेका छन् ।

त्यसै गरी नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक स्थानमा विजय हासिल गरेका छन् ।

मतगणनाअनुसार अहिले एमाले चार, माओवादी दुई, राजपाका उम्मेदवारले दुई स्थानमा अग्रता लिइरहेका छन् ।

पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ३१८ क्षेत्रको परिणाम सार्वजनिक भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

यसै गरी समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्र स्थान लिइरहेको छ । यसै गरी काँग्रेसले आठ लाख ७८ हजार ८२४, माओवादी केन्द्रले तीन लाख ८५ हजार ४३४, सङ्घीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको आयोगको सूचना व्यवस्थापन शाखाले जनाएको छ । 

सम्बन्धित सामग्रीहरू