अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

सिन्धुलीमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी बम विस्फोट

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १८:३५ मा प्रकाशित

सिन्धुली  हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा हिजो साँझ बम विस्फोट भएको छ।  हिजो  भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनलाई लक्षित गरी बम पड्काइएको हो।

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो।

सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ। बम विस्फोटन गराइए पनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मी लगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिए। नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू