अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

मनाङमा एमालेको ऐतिहासिक जित: पोल्देन छोपाङ गुरुङ बिजयी

बिआरटीनेपाल २०७४ मंसिर २१ गते १८:०३ मा प्रकाशित

मनाङबाट पहिलोपटक एमाले उम्मेदवार प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।पूर्व राज्यमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार टेकबहादुर गुरुङलाई २ सय ८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् ।

विजयी पोल्देन छोपाङले २ हजार ३ सय मत पाए । प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् । मुख्य निर्वाचन अधिकृत दीपक ढकालले औपचारिक घोषणा गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

खसेको मतमध्ये ४ हजार ३ सय २१ मत सदर भए भने १६ मत बदर भएको छ । नेपालमै सवैभन्दा कम मतदाता रहेको मनाङमा ४ हजार ३ सय ३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ ५ हजार ८ सय ८१ मतदाता छन् ।

मनाङमा एमालेले पहिलोपटक प्रतिनिधि सभाको निर्वाचन जितेको हो । यसअघि सधैं कांग्रेसले जित्दै आएको थियो ।आजको कान्तिपुरमा समाचार छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू