अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०१ | Colorodo: 18:16

पत्रकार रवि लामिछाने आदर र विश्वासका प्रतिविम्व हुन

निशा अर्याल इजरायल २०७४ मंसिर २० गते १०:१० मा प्रकाशित

प्रकृतिले दिएको सुन्दर नेपालभित्र सामूहिक मेलमिलाप, एक आपसी सद्भाव, देशभित्र आकृतिले भ्याएसम्म शान्ति जनमानसले शोभा दिई रहँदा त्यसलाई टुक्राई, खलबलाउन, कमजोर बनाउन खोज्ने केही नेताहरू आजपनि उनै मतृभुमिको छातीमा टेकेर राजनीति गरिरहेका छ्न । उनीहरूको प्रवृति देख्दा धिक्कार्दै तिमीहरू नेपाल आमाको सन्तान हौ भन्नै लाज लाग्छ । नेपाल मेरो देश हो, मातृभूमि हो, भन्ने आवाज कहिल्यै कुनै नेताको मुखबाट सुनिदैन जो कोहीवाट सुनिने गरिन्छ उनीहरू विदेशी कै गुलाम छन् देश बन्नेछ भन्ने सोचमा | तर मेरी मात्रीभूमि आमा प्रति श्रद्धा गर्नु त्यो दायित्व हो किन भन्दैन्न नेताहरू ? सिङो नेपलको विभाजन गर्ने उनिहरुभित्र यस्तो घिनलग्दो मनष्थिती कहाँबाट र कसरी, किन आयो ?’ उनीहरूलाई देश बनोस जनता सछ्म बनुन, विदेशीलाई पनि नेपालमा काम लगाउन सकियोस भन्ने खालका योजना किन दिमागमा कहिल्यै आएन ?

हेर नेता हो पत्रकार रवि लामिछानेलाई हेर । अलि कति गिद्दी भए रविवाट पाठ सिक, देश बन्छ कसरी ? तिम्रो सम्मान हुन्छ कसरी ? जनता सुखी र सम्पन्न हुन्छन् ? तिमीहरूलाई आफ्नोमात्र चिन्ता सत्तामा पुग्ने छ जनताको होइन छिमेकीको चिन्ता छ मात्रीभूमी स्मिताको होइन जसको कारण घर फुटे गवार लुटे भएको छ ।

सिमानामा भन्दा ठुलो देश भावनामा हुन्छ । माटोमा भन्दा बढी देश छातीमा हुनुपर्छ भन्ने चेतना मात्र भाषणमा हैन व्यवहारमा हुन जरुरी छ, चेतना भए नेपाल देशका जनसमुदाय नेपाली कमजोर कोही छैनन् मात्र कमजोर छुद्र मनस्थिती तिमीहरू जस्ता देशको अचल सम्पदा आफ्नो  स्वार्थको लागि विक्री गरी स्वाभिमानको कुरा गर्ने फोहरी आचरणका नेताहरू भैदिनाले देश भित्र अनेकौँ भ्रम र त्रास फैलिदै गएको छ ।

नेपाली माथि बढीमात्रमा अरब मुलुकमा दुर्व्यबहार गर्ने र खातकाखात लासहरु देश भितृने क्रम जारी नै छ तर नेताहरूलाई आफ्ना नागरिकको व्यथा सुन्ने फुर्सद छैन । पाखणडी यसो ऐनामा रूपमा किन हेर्दैन्नौ गएर ? तिमीहरूको चरित्रको प्रमाण तिमीहरुकै गराइ, बोलाई र व्यवहार हो भित्र जे छ त्यो बाहिर छर्लगं निस्कन्छ । त्यसैले हरेक लालचको खोलवडेका व्यक्ति वा राजनीति गर्ने सरकारवादि नेता, प्रशासन्, न्यायलय, सुरक्षा, पत्रकार मिडियाकर्मी, विभिन्न धर्म छेत्रका अनुयायि सबैले एैनामा गएर रूपलाई मात्र हैन आँफैं भित्रको चलित्रको दाग मेटाउंने गतिविधिमा लाग किन कि निरन्तर लागि परेका पत्रकार रवि लामिछानेलाई हेर अनि जनतालाई सोध उनीहरू के चाहन्छन र कस्तालाई माया गर्छन् ?

हामी विश्वभरका नेपाली रवि जस्ता साहासी कर्तव्य निष्ठ युवाको कामलाई शरणा गर्दै सलाम गर्छौ । रवि लामिछाने देशका रत्न हुन्, हिरा हुन अनि वास्तवमै नेपल आमाको विश्वासिलो पुत्र हुन जसले राष्ट्रियता, राष्ट्रवाद र भ्रष्टाचारमुक्त समाजको लागी योगदान दिई रहेका थिए र दिँदै छन् तर पहिला सायद उनी एक्लो थिए त्यसैले होला माओवादीका अध्यक्ष पूर्व प्राधान्मन्त्री प्रचण्डले आफ्नो बलको प्रयोग गरी रविले बस्दै आएको र गरी रहेको कुर्सी खोसेर अरूलाई थमाए जो उसको आदर र सम्मन गर्ने उनीहरूकै निर्देशमा चल्ने र आफ्नो स्वार्थमा प्रयोग गर्न अनि गल्ती बचाउको लागी सजिलो होस तर रवि त्यस्ता मानिसमा थिएन जो कसैले धम्काउदा र तर्साउदा तर्सिने, रवि झुक्ने खालका होइन रवि सत्य बोल्छन्, अपराधीलाई प्रमाण सहित जनता सामु उक्लाउछन र हरेक नेपालीको आवज बनेर निधक्क प्रतिनिधित्व गर्छ्न त्यसैले उनले त्यो बेला प्राण गरे ,कसम खाए कि एक दिन विश्वभरिका नेपालीलाई देशभित्रका भ्रष्ट्रचारी लाई उदाङ गर्नेछ ।

अनि देशको अवस्था झिर्न पार्ने, कमजोर बनाउने सम्पूर्ण सरकारवादि नेता, सुरक्षा, न्याय, प्रशासन्,स्वास्थ्य, शिछ्या आदि देशभित्र मौलाएको गुणडागिरी, भ्रष्ट्राचार, लुटतन्त्र, आदिलाई बाहिर ल्याउनेछु । रविको अटल विश्वास र हिम्मत, द्रीढता, साहासले उनलाई प्रेणा मिल्यो अनि हामी जनताले रविको दृढ साहस र प्रतिबद्धतामा साथ दिएको देखेर उन्को गराइमा त्रसित व्यक्तिले अहिले फेस्बूकको वालमा भ्रम फैलाउने र कमजोर बनाउने यो अपवाद पूर्ण रविको ज्यान खतरामा छ जस्ता भयभित सन्देश छर्न थाले तर हामी जनता अन्धो र लाटो अनि अनपढ छैनौ उनीहरूको त्यो भ्रमपूर्ण अपवाह हामीलाई स्वीकार छैन किन कि रवि र रविका सम्पूर्ण टिम अब एक्लो छैन्न विश्वभरिको जनाता उनीहरूको साथमा छन् उनीहरूको सैनिक बनेर्,रछ्या को कवज बने सिपाही गार्ड बनेर त्यसैले जो कोहीले यस्तो भ्रम सन्देशहरु फैलाई मन कमजोर बनाउने सोचले धिनलाग्दो षड्यन्त्र रचने देशका अपराधीहरू प्रति धोर भर्सना गर्दै तिमीहरूको जालपूर्ण षड्यन्त्र विफल हुनेछ किन कि रविको यात्रा अब जब सम्म देशमा सुशासन र संव्रिध्द र सम्मुनत समाजको निर्माणका लागि उठेको यो कदम तब सम्म बिश्राम लिने छैन, जब सम्म भ्रष्ट्राचारी, लुटतन्त्र विभिन्न किसिमका सामाजिक अपराध, नरोकिएसम्म देशका गरिब जनाताले गास र वासका लागी शान्तिले जीवन जिउन नपाएसम्म यी आवाज बुलन्द रहने र कलम निरन्तर अगाडी बढने कुरामा हामी जनाता ढुक्क छौ ।

उनका यी कदमहरुलाई जनाताले साम, दाम, दड, भेद जेसुकै गर्न परेपनि रविको साथ हरपल दिन तयार छ केही बिकिबिकाउ व्यक्तिबाट यस्तो अपबाह फैलिएको हुन सक्ने भएकोले हामी सबै सचेत बनेर रविलाई र उनका यी सम्पूर्ण टिमको साथ धारीलो हतियार बनेर खडा छ्न भन्ने कुरा वेलैमा चेतना पलाअोस, अव अपबाह फैलाई रवि र उनका सशक्त टिमलाई तितर वितर पार्ने र शक्ति कमजोर बनाइ उनीहरूको कार्य शैली पत्रकारितालाई विफल बनाउने यो प्रयास हामी जनताले जडै देखि उख्लेर फ्याल्नेछौ , र रवि जस्तै स्वच्छ भावनावाट देशको लागी आवाज उठाउनु हुने ,योगदान दिने पत्रकार ज्यूहरू प्रति हाम्रो समर्थन ” हरेक देशभित्रका देश द्रोही दलाल चाहे जो सुकै होस् त्यस्तो व्यक्तिले रवि लगायत उनी जस्ता स्वच्छ पत्रकारलाई छुन नसकोस अनि देशमा रवि जस्ता पत्रकारहरुको बिगबिगी बनोस हाम्रो शुभकामना रविलाई । उनी भित्रको तागत्,साहास्,आत्मा बल र शक्ति हामी जनता सदैव साथ रहने छौ । रविको कलम निरन्तर अगाडि वढोस र ती भ्रष्ट्राचारी ,देश द्रोही,लुटेराहरुलाइ उनैले नियतिको ठ सिकाउन सफल बनुन हाम्रो शुभकामाना छ रवि उनका सम्पूर्ण टिमलाई, ईश्वर सधैँ दाहिने वनून ।

प्रतिक्रिया