अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

ट्रम्पकी नातिनीले गाएको चिनियाँ गीतको भिडियो सार्वजनिक भएपछि चिनका राष्ट्रपतिद्वारा प्रशंसा

बिआरटीनेपाल २०७४ कार्तिक २६ गते १९:१५ मा प्रकाशित

 एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नातिनी अरबिल्या कुश्नरले गाएको  चिनियाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।

उक्त भिडियो सार्वजनिक भएपछि अरबिल्या कुश्नरले ठूलै चर्चा पाएकी छिन् ।उक्त भिडियो सार्वजनिक भएपछि चिनियाँ राष्ट्रपति सी जिङ पिङले अरबिल्या एक स्टार हुन् भन्दै उनको खुल्ला हृदयले प्रशंसा गरेका थिए। अरबिल्याको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले उनी गायन क्षेत्रमा निपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

चिनियाँ नयाँ वर्षको अवसरका अरविल्याले गाएको उक्त गीतमा नयाँ वर्षको शुभकामना सन्देश दिइएको छ । चिनियाँ भाषामाथि माया तथा सद्भाव देखाउँदै गाएको उक्त गीतबाट पनि अमेरिका र चीनको सम्बन्ध मजबुत रहेको विश्वास राष्ट्रपति ट्रम्पको थियो।

अरबिल्या ट्रम्पकी कान्छी छोरी इभाका ट्रम्पकी छोरी हुनु । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिङ पिङबीच गत अप्रिल महिनामा भएको भेटवार्ताका क्रममा ट्रम्पकी नातिनी अरबिल्याले उक्त गीत गाएकी थिइन्।

ट्रम्पकी छोरी इभाकाले छोरी अरबिल्याले गाएको उक्त गीतको दृश्य ट्वीटरमा  राखिसकेकी थिइन्।

एघार दिनको एसियाको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीन सरकारले भव्य स्वागत गर्दै रात्री भोजको आयोजना गरेका थिए।

उक्त रात्री भोजमा ट्रम्प पत्नी मेलिनिया ट्रम्प चिनियाँ पोशाक गुजी गाउनमा उपस्थित भएकी थिइन् । कुनै पनि देशका राष्ट्रप्रमुखले भव्य स्वागत पाएको यो पहिलो पटक हो।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू