अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

वर्षौंको अभिलाषा

एल बि छेत्री २०७४ कार्तिक २१ गते १२:३३ मा प्रकाशित

आ !
सक्छस भने गर मेरो बलात्कार
आज मलाई
बलात्कृत हुने रहर जागेको छ
एउटा छुट्टै अकल्पित संसारमा
रमाउने रहर जागेको छ
आ !
सक्छस भने गर मलाई बलात्कार

तर सुन,
कुनै चार पाँच जना चिंखुरेहरुद्वारा
सामुखिक होइन
एउटै बलिष्ट विद्वानको आलिङ्गनमा
इच्छा अनिच्छाको साँध नाघेर
एकरात बिताउने रहर जागेको हो
एउटा लौह पुरुषसँग
स्वेक्षिक होइन
बलात्कृत हुने रहर जागेको हो

अनि सुन
म बलात्कृत हुँदा हुँदै पनि
कुनै अनमिनको प्रार्थना शिविरमा गई
उजुरी गर्ने मनसाय राखेकी छैन
बलात्कृत भएको पीडा
कुनै छिमेकीको प्रतीक्षालयमा गई
बिन्ती गर्ने मनसाय राखेकी छैन
बरु एउटा पृथक् सोच पालेकी छु
वर्षौंदेखि एउटा अभिलाषा पालेकी छु
कुनै दिन मेरो कोखमा
सुन्दर नेपाल हुर्काउने सपना पालेकी छु |
मलाई बलात्कार गर्ने
त्यो वीर पुरुषको विर्यबाट
जन्मोस एउटा सन्तान
जसको नाउँ
‘सुन्दर नेपाल’ राख्ने इक्षा पालेकी छु

प्रतिक्रिया