अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

खैरो कपाल कालो बनाउन लगाएको भन्दै १९ हजार ३ सय अमेरिकी डलर क्षतिपूर्ति माग

बिआरटीनेपाल २०७४ कार्तिक १३ गते ६:३४ मा प्रकाशित

विद्यालयले आफ्नो खैरो कपाल कालो बनाउन लगाएको भन्दै जापानमा एक किशोरीले विद्यालयविरुद्ध स्थानीय सरकारमा उजुरी दिएकी छन् । ओसाकास्थित विद्यालयले निरन्तर आफ्नो कपाललाई कालो बनाउन दबाब दिएको भन्दै १८ बर्षीया ती किशोरीले स्थानीय सरकारमा उजुरी दिएकी हुन् ।

आफ्नो खैरो कपाल कालो नबनाए विद्यालय छोड्न विद्यालयले दबाब दिएको उजुरीमा उल्लेख छ । लगातार रङ्ग्याउदा कपाल बिग्रनुका साथै तालुमा समेत असर परेको किशोरीले बताएकी छन् ।

सोही कारण ती किशोरी गत बर्षको सेप्टेम्बर यता विद्यालयमा हाजिर भएकी छैनन् ।

उनले १९ हजार ३ सय अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी छन् । स्थानीय सरकाले भने सो दाबी अस्विकार गर्न अदालतलाई आग्रह गरेको छ ।

उजुरी परेको विषयमा काइफुकान उच्च माध्यामिक विद्यालयका प्राध्यापकले भने कुनै प्रतिक्रिया दिएका छैनन् । जापानका अधिकांश विद्यालयमा बाहिरी आवरण, कपाल र पोशाकलाई लिएर कडा नियम लगाइने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू