अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५४ | Colorodo: 03:09

नायिका सारिका घिमिरेको जन्मदिन अनाथ बालबालिकासँग

बिआरटीनेपाल २०७४ कार्तिक ९ गते ७:५५ मा प्रकाशित

नायिका सारिका घिमिरेले राजधानीको नयाँ बानेश्वर संगम चोक स्थिति नयाँ नेपाल समाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गर्दै खाना खुबाएर आफ्नो जन्मदिन मनाएकी हुन् ।

संस्थाका अध्यक्ष कृष्ण गुरुङले संस्थामा ७० बालबालिका रहेको र आफूहरुले विभिन्न व्यक्तिहरुको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा दिक्षा प्रदान गरिरहेको उक्त अवसरमा बताए । नायिका सारिकाले जन्मदिनको अवसरमा साथिभाईसँग रमाइलो, पार्टी भन्दा पनि संस्थाका बालबालिकासँग जन्मदिन मनाउँदा आफूले छुट्टै प्रकारको सुखानुभुती महसुस गरेको बताइन । ‘मैले गत वर्ष पनि यसै केन्द्रमा जन्मदिन मनाएकी थिए यस वर्ष पनि त्यसलाई निरन्तरता दिएकी हुँ’, उनले भनिन् ।

सारिकाले विभिन्न सञ्चारकर्मी र कलाकारहरुका साथमा जन्मदिन मनाएकी थिइन । उपस्थित सञ्चारकर्मी तथा कलाकारहरूले नायिका सारिकाले जन्मदिनमा गरेको कार्यको प्रशंसा गरेका थिए । उक्त अवसरमा चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले संस्थाका अध्यक्ष कृष्ण गुरुङलाई केन्द्रमा नवनिर्मित पुस्तकालय निर्माणका लागि केही आर्थिक सहयोग पनि गरेका थिए ।

चलचित्र ‘हत्याकाण्ड’बाट नेपाली सिनेक्षेत्रमा प्रवेश गरेकी सारिका घिमिरेले अहिलेसम्म आउँदा दर्जनौ चलचित्रमा अभिनय गरेकी छन् । अभिनयसँग सँगै सङ्गीत र गायनमा पनि आफूलाई उपस्थित गराएकी उनले हालै एकल एल्वम ‘मोहनी’ बजारमा ल्याएकी थिइन । एल्वममा रहेको गीत ‘काले दाईको….’ भिडियोले राम्रै चर्चा पाइरहेको छ यतिवेला । सारिकाको आगामी चलचित्र साहित्यकार झमक कुमारीको बहुचर्चित कृति ‘जीवन काँडा कि फूल’मा आधारित रहेको छ । चलचित्र ‘जीवन काँडा कि फूल’ चाडै नै दर्शकमाझ आउने तयारीमा रहेको पनि उनले बताइन ।

प्रतिक्रिया