अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३८ | Colorodo: 11:53

भारी वर्षाका कारण मध्य भियतनामका कयौँ प्रान्त जलमग्न, ५४ जनाको मृत्यु

बिआरटीनेपाल २०७४ असोज २७ गते ७:०४ मा प्रकाशित

भियतनामका उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भारी वर्षा र भीषण बाढी पहिरोले गर्दा जनजीवन अस्तव्यस्त बनाएको छ ।  उक्त बर्षा र बाढीमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५४ पुगेको सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

भीषण बर्षापछिको बाढी पहिरो कैयौँ बर्षयता आएका बाढी पहिरो भन्दा भयानक भएको बताइएको छ । बर्षा जारी रहेकोले उद्वारको कार्य निकै कठिन भएको पनि समाचारमा जनाइएको छ ।

उत्तरी र मध्य क्षेत्रका कैयौँ प्रान्तमा परेको भारी बर्षाबाट अझै पनि ३९ जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसैबीच मौसम विज्ञहरुले अर्को एक भीषण आँधी आफ्नो देशतर्फ आइरहेको चेतावनी दिएका छन् । यसका लागि सतर्क हुनुपर्नेमा उनीहरुको जोड रहेको छ ।

हराइरहेका व्यक्ति जिवीतै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउ ठाउमा पहिरो गएको छ ।

हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ ।

यस बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होआ बिन प्रान्त रहेको छ । सो प्रान्तमा मात्र २६ जनाको ज्यान जानुको साथै केही व्यक्ति हराइरहेका छन ।

त्यसैगरी मध्ये प्रान्त थान्ह होआ १४ को मृत्यु भएको हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रणका अधिकारीहरुले जानकारी दिएको छ ।

मङ्गलबारदेखि जारी रहेको यस वर्षाको कारण शुक्रबार पनि कैयौँ प्रान्त जलमग्न रहेको बताइएको छ ।

भियतनाममा यसै बर्षको सुरुमा पनि जारी भारी बर्षा र आँधीका कारण करिब १७० व्यक्तिको मृत्यु भएको छ ।  (रासस-एएफपी)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू