अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३९ | Colorodo: 03:54

आफ्नो सांगीतिक प्रस्तुती लिएर गायक नवराम राई हङकङ जाँदै

बिआरटीनेपाल २०७४ असोज २४ गते ५:२३ मा प्रकाशित

धरानका पुराना गायक तथा संगीतकार नवराम राई आफ्नो सांगीतिक कार्यक्रम को लागि हंगकंग जाँदैछन । आगामी अक्टुबर १५ तारिख आइतबार हङकङ स्थित बगैचा रेस्टुरेन्टमा हुने गायक तथा संगीतकार नवराम राईको बिसेष एकल कार्यकर्मका लागि उनि हङकङ जान लागेका हुन् ।

गायक सबिन राईले गाएको गुराँसको फेद मुनि सम्झनाको छाया र कालो कालो रातको लगायतको चर्चित गीतका संगीतकार रहेका नवराम राई धरानको रेल्वेका स्थायी बासिन्दा हुन् । धरानमै बसेर आफ्नो सांगीतिक यात्रा चलिरहेका नवरामले नमुना नामक अल्बम बजारमा ल्याइसकेका छन् ।

उनको बिष देउ , तिमि मलाई भुलिदेउ , कुखुरे बैंश ,दन्त्यैमा मोहनी ,विश्वास के हो , बैशाख नि बित्यो लगायतका गीतहरु चर्चित छन् ।

हंगकंग नेपाली कला मन्दिर र धरान सत्र समाज , हंगकंगको आयोजना मा हुन लागेका कार्यकर्म हंगकंगमै बसोबास गर्ने गायक कबि राईको बिशेष पहलमा हुन लागेको हो । नवराम राई म्युजीकल नाइट नाम दिइएको कार्यक्रममा उनलाई हंगकंगकै स्थानीय कलाकारहरुले बाध्यबादनमा साथ दिनेछन ।

पांच दशक अघि हंगकंगमै जन्मेका गायक नवराम राई पहिलो पल्ट हंगकंग आउदैछन् । कार्यकर्म आयोजनाको लागि सम्पूर्ण तयारी पुरा भैसकेको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया