अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३४ | Colorodo: 11:49

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन युरोपेली सङ्घको आग्रह

बिआरटीनेपाल २०७४ असोज २० गते २३:१६ मा प्रकाशित

युरोपेली सङ्घका अध्यक्ष डोनाल्ड टस्कले रोहिङ्ग्या शरणार्थीहरूलाई मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फर्काउन शुक्रवार म्यानमारलाई आह्वान गर्नुभएको छ ।

केही हप्ता अगाडी म्यानमारमा चर्किएको हिंसाका कारण भागेर बङगलादेशमा शरणार्थी भएका लाखाँै रोहिङ्ग्या शरणार्थीहरूलाई तत्काल स्वदेश फर्काउन उहाँले आह्वान गर्नुभएको हो । टस्कले राखिन राज्यबाट शरणार्थी भएका रोहिङ्ग्याहरूलाई आवश्यक सहयोग पनि म्यानमारले तत्काल उपलब्ध गराउनु पर्ने बताउनु भएको छ ।

म्यानमारको सेनाले रोहिङ्ग्याहरूको घर जलाईदिन थालेपछि उनीहरू विस्थापित भएर बङ्गलादेशमा शरणार्थी हुनु परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  नयाँदिल्लीमा भारतीय नेताहरूसँगको भेटपछि अध्यक्ष टस्कले छिमेकी मुलुकको हैसियतले भारतले पनि केही सकारात्मक र सहयोगी भूमिका खेल्नु पर्नेमा जोड दिनुभयो ।  उहाँले युरोपेली सङघको तर्फबाट गर्न सकिने सहयोग र भूिमकाका लागि सङ्घ तयार रहेको पनि जानकारी दिनुभएको छ ।

गत अगस्तको अन्त्य तिर म्यानमारमा भड्कीएको हिंसाका कारण झन्डै पाँच लाख रोहिङ्ग्या समुदायका मानिस बङ्गलादेशमा शरणार्थी भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।  तर म्यानमार सरकारले भने विस्थापित भएकाहरू अवैध आप्रवासीहरू भएकाले उनीहरू म्यानमारका नागरिक नभएको दाबी गरेको छ ।  विध्वंसका कारण संकटग्रस्त क्षेत्रमा हालै मात्र स्थलगत अवलोकन गरेको संयुक्त राष्ट्रसङ्घको टोलीले बुद्ध धर्माबलम्वी म्यानमारका नागरिकको अवस्था ‘अकल्पनीय’ पिडादायी भएको बताएको छ । फायल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू